सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत बजेट कम भयो : अर्थमन्त्री डा महत

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०८०
|
|
३८ पटक हेरिएको
Shares
सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत बजेट कम भयो : अर्थमन्त्री डा महत

सारांश

  • विराटनगर ।
  • अर्थमन्त्री डा प्रकाशशरण महतले सामाजिक सुरक्षाको दायित्व बढेका कारण पुँजीगत शीर्षकको बजेट कम बिनियोजन भएको बताएका छन् ।
  • आज मोरङ व्यापार सङ्घको ६६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री महतले सामाजिक सुरक्षासँगै सार्वजनिक ऋणको साँवाब्याजको दायित्व बढेकाले पुँजीगत शीर्षकमा कम बजेट बिनियोजन भएको बताएका ह्ुन् ।

विराटनगर । अर्थमन्त्री डा प्रकाशशरण महतले सामाजिक सुरक्षाको दायित्व बढेका कारण पुँजीगत शीर्षकको बजेट कम बिनियोजन भएको बताएका छन् ।

आज मोरङ व्यापार सङ्घको ६६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री महतले सामाजिक सुरक्षासँगै सार्वजनिक ऋणको साँवाब्याजको दायित्व बढेकाले पुँजीगत शीर्षकमा कम बजेट बिनियोजन भएको बताएका ह्ुन् । उनले अर्थतन्त्र चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्ने बताए । सरकारले आगामी आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा कुल बजेटको १७ दशमलव २५ प्रतिशत बिनियोजन गरेको छ ।

अर्थमन्त्री डा महतले मौद्रिक नीति र अर्थ नीतिमा सरकारले सुधार गर्दै जाने बताए । उनले आगामी आवको बजेट कसैको दबाब र प्रभावमा नपरी बनाएकाले जनतामुखी भएको समेत दाबी गरे । उनले विराटनगरको चक्रपथ निर्माणमा सरकारले ध्यान दिने भन्दै उद्योग, व्यापार एवं व्यवसाय प्रवद्र्धनमा सरकारको साथ रहने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा पूर्वरक्षामन्त्री डा मीनेन्द्र रिजालले कुनै समयमा पहिलो नम्बरमा रहेको विराटनगर सहरमा उद्योग र व्यापार फस्टाउन नसक्दा पछि परेको बताए । उनले बिराटनगर र यस आसपासका क्षेत्रको विकासका लागि बिराटनगरको विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउनु आवश्यक रहेको भनाइ व्यक्त गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरका लागि सरकारले यथोचित बजेट विनियोजन गर्नुपर्ने माग गरे । सो अवसरमा मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजाल, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डिराज ढकाल, महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उद्योगीहरु भीम घिमिरे, शङ्कर अग्रवाल, नन्दकिशोर राठी र प्रकाश मुन्दडाले आफ्ना भनाइ राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वामदेव कास्कीमा चुनाव नलड्ने
वामदेव कास्कीमा चुनाव नलड्ने
एमालेका उम्मेदवार १७८ पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी
एमालेका उम्मेदवार १७८ पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी
छुट्टा छुटै दुर्घटना हुदा कपिलबस्तुमा एक वालिका सहित चार घाईते
छुट्टा छुटै दुर्घटना हुदा कपिलबस्तुमा एक वालिका सहित चार घाईते
नेपाल–चीन मित्रता नयाँ उचाइमा, पछाडि छुट्दै भारत
नेपाल–चीन मित्रता नयाँ उचाइमा, पछाडि छुट्दै भारत
शक्तिखोर औद्योगिक क्षेत्र हरियाली बनाइने
शक्तिखोर औद्योगिक क्षेत्र हरियाली बनाइने
सर्लाहीका ४६ वटा वडाको मत परिणाम सार्वजनिक, अहिलेसम्म वडामा माओवादी बलियो
सर्लाहीका ४६ वटा वडाको मत परिणाम सार्वजनिक, अहिलेसम्म वडामा माओवादी बलियो
श्रीनिवासले आफुलाई आफै गोली हान्नुकाे रहस्य यस्ताे पाे ! पूर्वराजाको नाम पनि जाेडियाे
श्रीनिवासले आफुलाई आफै गोली हान्नुकाे रहस्य यस्ताे पाे ! पूर्वराजाको नाम पनि जाेडियाे
अफगानिस्तानमा पुनः ६.३ म्याग्निच्युडको भूकम्प
अफगानिस्तानमा पुनः ६.३ म्याग्निच्युडको भूकम्प
आलेख : ‘सतखलुवा’को सुन्दरतामा लोभिँदै पर्यटक
आलेख : ‘सतखलुवा’को सुन्दरतामा लोभिँदै पर्यटक
करिब ८० वर्षअघि यहुदी नरसंहारमा बाँचेका दुई लाख ४५ हजार यहुदी अझै जीवित
करिब ८० वर्षअघि यहुदी नरसंहारमा बाँचेका दुई लाख ४५ हजार यहुदी अझै जीवित