योङ्ग कम्युनिष्ट लीग, नेपालले निकाल्याे वक्तव्य!

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ४, २०७५
|
|
२६ पटक हेरिएको
Shares
योङ्ग कम्युनिष्ट लीग, नेपालले निकाल्याे  वक्तव्य!

सारांश

  • काठमाडौ, ४ जेठ ।
  • पुर्ब माओबादी को भातृ संगठन योङ्ग कम्युनिष्ट लीग, नेपालले प्रेस वक्तव्य निकालेको छ ।
  • योङ्ग कम्युनिष्ट लीग, नेपालका अध्यक्ष  राम प्रसाद सापकोटा ‘दीपशिखा’ र  महासचिव सुवोधराज शेर्पाली को हस्ताक्षरीत प्रेस वक्तव्यमा बृहत एकता भर्इ  नेपाल कम्युनिष्ट पार्टी बनेकोमा हार्दिक स्वागत गर्नुका साथै एकताको मुख्य नेतृत्व गर्नु हुने अध्यक्ष कमरेड पुष्प कमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा वली लगायत सम्पुर्ण नेता, कार्यकर्ता शुभेच्छुक एंव आम जनसमुदायहरु प्रति हार्दिक बधाई एंव धन्यवाद ज्ञापन गरेको बताइएको छ ।

काठमाडौ, ४ जेठ । पुर्ब माओबादी को भातृ संगठन योङ्ग कम्युनिष्ट लीग, नेपालले प्रेस वक्तव्य निकालेको छ ।

योङ्ग कम्युनिष्ट लीग, नेपालका अध्यक्ष  राम प्रसाद सापकोटा ‘दीपशिखा’ र  महासचिव सुवोधराज शेर्पाली को हस्ताक्षरीत प्रेस वक्तव्यमा बृहत एकता भर्इ  नेपाल कम्युनिष्ट पार्टी बनेकोमा हार्दिक स्वागत गर्नुका साथै एकताको मुख्य नेतृत्व गर्नु हुने अध्यक्ष कमरेड पुष्प कमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा वली लगायत सम्पुर्ण नेता, कार्यकर्ता शुभेच्छुक एंव आम जनसमुदायहरु प्रति हार्दिक बधाई एंव धन्यवाद ज्ञापन गरेको बताइएको छ ।

वक्तव्यमा भनिएको छ ुनेपाली समाजको ऐतिहासिक आवश्यकता अनुसार०६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना पश्चात विभिन्न कालखण्डमा टुटफुट र विभाजनको श्रृखला वेहोरेको कम्युनिष्ट पार्टी मुलत नेकपा(माओबादी केन्द्र) र ने कपा (एमाले) बिच बृहत एकता सम्पन्न भएको छ।

यस ऐतिहासिक एकतालाई हाम्रो संगठन योङ् कम्युनिष्ट लिग, नेपालको केन्द्रीय पदाधिकारी बैंठकले हार्दिक स्वागत गर्नुका साथै एकताको मुख्य नेतृत्व गर्नु हुने अध्यक्ष कमरेड पुष्प कमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा वली लगायत सम्पुर्ण नेता, कार्यकर्ता शुभेच्छुक एंव आम जनसमुदायहरु प्रति हार्दिक बधाई एंव धन्यवाद ज्ञापन गर्दछौं ।

नेपाल कम्युनिष्ट पार्टीको समाजवाद उन्मुख ‘जनताको जनवादको कार्यदिशा’ लाई दृढता पुर्वक कार्यन्वयनका गर्ने प्रतिवद्धता जाहेर गर्दै सम्पुर्ण मातहतका कमिटीहरुमा निर्देशन गर्दछौं कि– पुनरगठित पार्टी निर्माणका लागि सबै कमिटीहरुमा युवा नेतृत्वको सकृय सहभागिता रहोस् ।

वक्तव्यको  अन्त्यमा, जनयुद्ध र जनआन्दोलनका शहीद,बेपत्ता,घाईते याद्धोहरुप्रति उच्च् सम्मान व्यक्त गर्दै उहाँहरुका सपना साकार पार्ने दृढ संकल्प व्यक्त गर्दछौं ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?