फरार अभिनेत्री शिल्पा पोखरेल सर्वोच्च अदालत पुगिन्

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १, २०७६
|
|
२१ पटक हेरिएको
Shares
फरार अभिनेत्री शिल्पा पोखरेल सर्वोच्च अदालत पुगिन्

सारांश

  • काठमाडौं।
  • नायिका शिल्पा पोखरेल र निर्माता छवि ओझाबीचको सम्बन्धविच्छेद विवाद जिल्ला अदालतबाट उच्च अदालत हुँदै सर्वोच्च अदालत पुगेको छ ।
  • शिल्पा आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी खारेज हुनुपर्ने मागसहित सर्वोच्च पुगेकी हुन् ।

काठमाडौं। नायिका शिल्पा पोखरेल र निर्माता छवि ओझाबीचको सम्बन्धविच्छेद विवाद जिल्ला अदालतबाट उच्च अदालत हुँदै सर्वोच्च अदालत पुगेको छ । शिल्पा आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी खारेज हुनुपर्ने मागसहित सर्वोच्च पुगेकी हुन् । यसअघि जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पुर्जी खारेज हुनुपर्ने मागसहित शिल्पा उच्च अदालत पाटन पुगेकोमा उच्च अदालतले जिल्ला अदालतकै निर्णय सदर गरेको थियो ।

उच्च अदालतले जिल्लाकै निर्णय सदर गरेपछि शिल्पा सर्वोच्च पुगेकी हुन्। शिल्पाले साउन २९ गते सर्वोच्चमा निवेदन दिएकी थिइन्। उक्त निवेदन आइतबार सुनुवाइको पेशीमा रहेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा शिल्पाको पेशी रहेको छ। छविकी जेठी श्रीमती हेमा ओझाले आफूसँग सम्बन्ध विच्छेद नगरी बहुविवाह गरेको भन्दै दुवै विरुद्ध जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?