फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १७, २०७९
|
|
३२ पटक हेरिएको
Shares
फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी

सारांश

  • धनुषा।
  • धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर सोमबार बिहान ६ जना थुनुवाहरू फरार भएका थिए।

धनुषा। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर सोमबार बिहान ६ जना थुनुवाहरू फरार भएका थिए।

हिरासत कक्षबाटै थुनुवाहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेसन टोली खटाएर खोजतलास तीव्र पारेको छ। सर्च टोली फरार थुनुवामध्ये रोशन महतोलाई पक्राउ गर्न सफल भएको हो।

मिथिला नगरपालिका–६ का २८ वर्षीय महतोलाई हिजो बेलुका पुनः पक्राउ परेको जिल्ला प्रहारी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए। उनीमाथि हातहतियार खरखजाना मुद्दा चलिरहेको छ। महतोलाई हतियारसहित गत शनिबार मात्रै पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको थियो।

महतोलाई धनुषाको मिथिला नगरपालिका–८ कुशुमविछौनास्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो। प्रहरी हिरासतबाट फरार अन्य पाँचजनाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए।

हिरासतबाट ६ जना थुनुवा एकैसाथ फरार भएपछि ड्युटीमा रहेका इलाका प्रहरी कार्यालयका दुई प्रहरीलाई निलम्बन गरिएको छ भने घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएका छन्।

लागूऔषध, हातहतियार, अभद्र व्यवहारका सातजना थुनुवामध्ये ६ जना थुनुवा हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका थिए। पुरानो भवनमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोरेर बिहान ३ बजे थुनुवाहरू फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छठ पर्वको चटारो :वीरगञ्जका पोखरी सजाइयो
छठ पर्वको चटारो :वीरगञ्जका पोखरी सजाइयो
अण्डर १९ एसिया कपमा नेपाल सजिलो समूहमा, पहिलो खेल श्रीलंकासँग
अण्डर १९ एसिया कपमा नेपाल सजिलो समूहमा, पहिलो खेल श्रीलंकासँग
राप्रपा एकता प्रक्रिया अघि नबढ्नु जुँगाको लडाइँ !
राप्रपा एकता प्रक्रिया अघि नबढ्नु जुँगाको लडाइँ !
कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार
कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार
एमसिसीले आर्थिक विकासको ढोका खोल्ने प्रधानमन्त्रीको विश्वास
एमसिसीले आर्थिक विकासको ढोका खोल्ने प्रधानमन्त्रीको विश्वास
महिला पत्रकारले लगाइन्  मन्त्री केशव स्थापित माथि यौन दुव्र्यवहारको आरोप
महिला पत्रकारले लगाइन् मन्त्री केशव स्थापित माथि यौन दुव्र्यवहारको आरोप
सुविनकाे ‘समर लभ’ पर्दामा, पहिलाे पाेष्टर सार्वजनिक
सुविनकाे ‘समर लभ’ पर्दामा, पहिलाे पाेष्टर सार्वजनिक
इस्लामिक स्टेटको नियन्त्रणमा रहेको अन्तिम गाउँमा भीषण आक्रमण
इस्लामिक स्टेटको नियन्त्रणमा रहेको अन्तिम गाउँमा भीषण आक्रमण
तीन दिनभित्रै पार्टी एकता र सरकारले पूर्णता पाउँछ : पोखरेल
तीन दिनभित्रै पार्टी एकता र सरकारले पूर्णता पाउँछ : पोखरेल
प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर : नेता निधि
प्रदेश नं २ को निर्वाचन संघीयताका पक्षधर र विरोधीलाई पहिचान गर्ने अवसर : नेता निधि

तपाईंले छुटाउनुभयो कि?