तीन दिनभित्रै पार्टी एकता र सरकारले पूर्णता पाउँछ : पोखरेल

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
३६ पटक हेरिएको
Shares
तीन दिनभित्रै पार्टी एकता र सरकारले पूर्णता पाउँछ : पोखरेल

सारांश

  • काठमाडौं, ६ फागुन ।
  • नेकपा एमालेका नेता आनन्द पोखरेलले अबको तीन दिनभित्रै एमाले–माओवादी केन्द्रवीच एकता हुने र सरकारले पनि पूर्णता पाउने ठोकुवा गरेका छन् ।
  • आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

काठमाडौं, ६ फागुन । नेकपा एमालेका नेता आनन्द पोखरेलले अबको तीन दिनभित्रै एमाले–माओवादी केन्द्रवीच एकता हुने र सरकारले पनि पूर्णता पाउने ठोकुवा गरेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले भने,‘अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनिसकेको छ, यो जनताको अपेक्षा पनि थियो, अब एमाले र माओवादी केन्द्र भनेको एउटै पार्टी हो, माओवादी सरकारमा सहभागी कहिले हुन्छ भन्ने प्रश्नै हुँदैन्, अबको तीन दिनभित्रै दुईपार्टीवीच एकता हुन्छ, र सरकारले पनि पूर्णता पाउँछ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले माओवादी केन्द्र सरकारमा सहभागी हुनको लागि कुनै समस्या नभएको पनि जिकिर गरे । उनले थपे,‘हामी त राजपा र फोरमलाई पनि सरकारमा सहभागी गराउन आह्वान गरिरहेका छौं।’

उनले दुई पार्टीवीचको एकता वैचारिक सवाल (जवज र २१ औ शताब्दीको जनवाद) कुनलाई मार्गदर्शक सिद्धान्त बनाउने भन्नेबारे अहिले दुवै पार्टीका प्रमुख नेतावीच छलफल चलिरहेको पनि सुनाए । उनले एकता हुनेमा अब कुनै शंका नरहेको विश्वास दिलाए । पोखरेलले भने,‘म त एकता हुनेमा पूर्ण रुपमा ढुक्क छु, कुनै शंका छैन, अन्य दलहरुलेपनि हामी दुई पार्टीवीच एकता होस् भनेर शुभकामना दिनुभएको छ, उहाँहरुको प्रेरणा अनुसार नै एकता हुन्छ।’

फरक प्रसँगमा उनले एमाले संविधान संशोधनको विपक्षमा नरहेको सुनाए । उनले थपे,‘हामी संशोधन गर्नुहुँदैन भन्ने पक्षमा छैनौं, बरु संशोधन अब कार्यकारी राष्ट्रपति बनाउनेगरि बहस गरौं न, भाषा, सिमांकनमा अब कुनै विवाद छैन, जनताले जनमत दिईसकेका छन् नि, संशोधन त भैरहने कुरा हो, सहमति कायम गरेर अघि बढ्नुपर्छ।’ उनले संशोधनको लागि तागद पुर्याउनको लागि पनि राजपा र फोरम सरकारमा आउनुपर्ने बताए ।

पोखरेलले माओवादी र एमालेवीच एकता भएर नै राष्ट्रपति, सभाध्यक्ष र अन्य महत्वपूर्ण जिम्मेवारी दिइने विश्वास दिलाए ।रिपोर्टेर्स नेपाल बाट

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prabhu Narayan Thakur

    Uncertain

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बीस आयोजनाका लागि एक्काइस करोड बजेट विनियोजन
बीस आयोजनाका लागि एक्काइस करोड बजेट विनियोजन
गगन थापाले भने, गृहमन्त्रीको सोच र क्षमतामै बादल लाग्यो
मोरङ १ का उम्मेदवारको कार्यसूची पर्यटन विकास
मोरङ १ का उम्मेदवारको कार्यसूची पर्यटन विकास
प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे
प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे
दोस्रो चरणमा कहाँ कहाँ हुँदैछ निर्वाचन ?
दोस्रो चरणमा कहाँ कहाँ हुँदैछ निर्वाचन ?
नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली
नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली
शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैन : नेकपा महासचिव पौडेल
शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैन : नेकपा महासचिव पौडेल
पुस १७ गते विहिबारको राशिफल यस्तो छ
पुस १७ गते विहिबारको राशिफल यस्तो छ
सुखी नेपाली,समृद्ध नेपालको आकांक्षा पुरा गर्न पर्वहरुलाई पर्यटनसँग जोडौं : प्रधानमन्त्री ओली
सुखी नेपाली,समृद्ध नेपालको आकांक्षा पुरा गर्न पर्वहरुलाई पर्यटनसँग जोडौं : प्रधानमन्त्री ओली
झुट बोल्ने कृष्णबहादुर कि रोशनी ? पोलिग्राफ टेस्टले स्पष्ट पार्ने
झुट बोल्ने कृष्णबहादुर कि रोशनी ? पोलिग्राफ टेस्टले स्पष्ट पार्ने

तपाईंले छुटाउनुभयो कि?