काभ्रेको पिल्लर गोकुल बाँस्कोटा बिरुद्द लागेका ३ समूह,

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १३, २०७६
|
|
२६ पटक हेरिएको
Shares
काभ्रेको पिल्लर गोकुल बाँस्कोटा बिरुद्द लागेका ३ समूह,

सारांश

  • पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा बिरुद्ध अहिले तीन समूह लागि परेका छन् ।
  • जसको कारण उनले केहीदिन अघि पदबाट राजिनामा दिनु पर्यो ।
  • १) एजेन्ट मिश्र विजय मिश्र प्रचण्ड सरकारको बेलामा सेक्युरिटी प्रेस खरिद गर्नका लागि सम्भाब्यता अध्यन गर्ने जिम्मा लिएको स्वीस कम्पनिका नेपाल प्रतिनिधि हुन् ।

पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा बिरुद्ध अहिले तीन समूह लागि परेका छन् । जसको कारण उनले केहीदिन अघि पदबाट राजिनामा दिनु पर्यो ।

१) एजेन्ट मिश्र
विजय मिश्र प्रचण्ड सरकारको बेलामा सेक्युरिटी प्रेस खरिद गर्नका लागि सम्भाब्यता अध्यन गर्ने जिम्मा लिएको स्वीस कम्पनिका नेपाल प्रतिनिधि हुन् । सोही बेलाको सरकारी लगानी बोर्डले करिब ३५ अर्ब लगानीमा प्रेसको लागत तयार गरेको थियो । स्वीस कम्पनिले करिब २७,२८ अर्बमा खरिद गर्न सकिने प्रतिवेदन बनायो । यहि प्रसंगमा मिश्रसँग मन्त्रीको भेट भएको हुन सक्ने, मन्त्रीले यो योजना २० देखि २५ अर्बमा सक्न पाए हुन्थ्यो भन्ने आशय व्यक्त गरेको हुन सक्ने, त्यहीबेला सक्दो कम रकममा आए हुने आशय, लामो कुराकानीमा गरिएको टेप काँटछाट गरि मिश्रले आफुले चाहेको कम्पनी वा चाहेको कमिसन को लागि मन्त्रीलाई तर्साउने गरेको हुन सक्ने, तर मन्त्रीको आशय सस्तोमा सक्ने भएकोले करिब २२ अर्बमा जिटुजिमार्फत गर्न लागेको तर कमिसन नपाउने भएपछि मिश्रले अडियो बाहिर ल्याएको हुन सक्ने ।

                                                       दिनेश ढकाल

२) बिनोद चौधरी
सिजी टेलिकम प्रचण्ड सरकारको अन्तिम साता सिजि कम्पनीलाई टेलिकम लाईसेन्स दिएर गएका थिए । तर बाँस्कोटाले त्यो नविकरण गर्न मानेनन् । राज्यको कर नतिरी बसेका चौधरीलाई जसर पनि कर तिराउने घोषणा गराए । यस कारण पनि चौधरी आफ्नो अनुकुल लाईसेन्स नवीकरण गराउन जसरी भएपनि बाँस्कोटालाई सरकारबाट हटाउन चाहन्थे ।

३) मिडिया मालिक
बाँस्कोटाले श्रमजिबी पत्रकारको पक्षमा कानुन ल्याए । पत्रकारिताको नियगमनको कानुन ल्याए । पत्रकारिताको कारण पीडित हुन नपर्ने अवस्था सिर्जना गर्न खोजे । यसकारण पनि मिडिया मालिकहरु बाँस्कोटासँग रुष्ट बने ।

तर यी सबै कारणमा कतै न कतै प्रचण्ड जोडिएका छन् । मिश्रलाई जिम्मा दिने, सिजीको लाईसेन्स दिने उनी तर नवीकरण नगर्ने बाँस्कोटा । त्यसैगरी अहिले सबैभन्दा बाँस्कोटा विरुद्ध लागेको पत्रिका उनी निकट यस्ले बाँस्कोटा प्रकरण को बास्तबमा झल्काउछ ।

पूर्वमन्त्री तथा नेकपा सांसद बाँस्कोटा गलत छन् या सहि त्यो त कानुनले नै बताउँला । तर एउटा मन्त्री र सांसदको हैसियतमा काभ्रेलीको सपना पुरा गर्न लागिपरेका बाँस्कोटा माथि परेको बज्रपातले भने काभ्रेको एउटा पिल्लर भाँसिएको महसुस गरिरहेका छौँ ।

दिनेश ढकाल, काभ्रे, हालः जापान

(https://www.bricks4kidz.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देवघाटमा सद्बीज छर्न हालसम्मकै बढी भक्तजन
देवघाटमा सद्बीज छर्न हालसम्मकै बढी भक्तजन
फेब्रुअरी ११ मा ‘सुरक्षित इन्टरनेत डे’
फेब्रुअरी ११ मा ‘सुरक्षित इन्टरनेत डे’
आत्मदाह घटनाबारे न्यायिक आयोग गठन गर्न माग
आत्मदाह घटनाबारे न्यायिक आयोग गठन गर्न माग
रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपतिद्वारा फिर्ता
रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपतिद्वारा फिर्ता
पर्वतको शङ्करपोखरीकी महिला चार दिनदेखि सम्पर्कविहीन
पर्वतको शङ्करपोखरीकी महिला चार दिनदेखि सम्पर्कविहीन
भारतको उत्तराखण्डमा सुरुङमा फसेका ४१ जनाको उद्धारमा ढिलाइ
भारतको उत्तराखण्डमा सुरुङमा फसेका ४१ जनाको उद्धारमा ढिलाइ
प्रदेश २ मा स्वास्थ्य मन्त्रालयले पठायो टोली
फर्पिङबाट आउँदै गरेको बस दुर्घटनामा २४ घाइते
फर्पिङबाट आउँदै गरेको बस दुर्घटनामा २४ घाइते
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
पूर्वयुवराज पारस शाहलाई कारवाही गर्ने सञ्चारमन्त्रीको चेतावनी !
पूर्वयुवराज पारस शाहलाई कारवाही गर्ने सञ्चारमन्त्रीको चेतावनी !

तपाईंले छुटाउनुभयो कि?