फेसबुकमा नेताको फोटो जोडेर विकृत बनाए जेलको जानु पर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ६, २०७३
|
|
२५० पटक हेरिएको
Shares
फेसबुकमा नेताको फोटो जोडेर विकृत बनाए जेलको जानु पर्ने

सारांश

  • कसैलाई मधेसविरोधी त कसैलाई राष्ट्रघाती भन्दै शीर्षनेताकै तस्वीर बिगारेर तथा अर्को तस्वीरसँग जोडेर सामाजिक सञ्जालमा राख्नेहरु कम छैनन् ।
  • यदि तपाई पनि त्यसो गर्नुहुन्छ भने अब होस गर्नुहोला, यसवापत तपाईले जेल जानुपर्ने हुन सक्छ ।
  • संसदको विधायन समिति अन्तरगतको उपसमितिले फौजदारी कसुरसम्वन्धी विधेयक विहीबार पास गरेको छ ।

कसैलाई मधेसविरोधी त कसैलाई राष्ट्रघाती भन्दै शीर्षनेताकै तस्वीर बिगारेर तथा अर्को तस्वीरसँग जोडेर सामाजिक सञ्जालमा राख्नेहरु कम छैनन् । यदि तपाई पनि त्यसो गर्नुहुन्छ भने अब होस गर्नुहोला, यसवापत तपाईले जेल जानुपर्ने हुन सक्छ ।

संसदको विधायन समिति अन्तरगतको उपसमितिले फौजदारी कसुरसम्वन्धी विधेयक विहीबार पास गरेको छ । जसमा तस्वीर विगारेर तथा अर्को तस्वीरसँग जोडेर विकृत बनाउनुलाई अपराध मानिएको छ र, यो कसुरमा २ वर्षसम्म कैद वा २० हजार रुपैयाँ जरिवाना वा दुबै सजायँ हुने व्यवस्था विधेयकमा छ ।

कानुन मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था थिएन तर, उपसमितिले यो प्रावधान थप गरेको हो ।

नयाँ व्यवस्थालाई लिएर केही गुनासाहरु पनि आएका छन् । सम्भवतः भोलिको बैठकले जेल सजायँको अवधिका लागि केही घटाउन सक्नेछ ।

सांसद पोखरेललेका अनुसार ” यो पहिलो प्रयास हो । तर, सोसल मिडिया मैत्री भएन भन्ने गुनासाहरु पनि आएकाले भोलि हामी २ वर्षे जेल सजायँलाई ५/६ महिनामा झार्नेबारे छलफल गर्छौं ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?