१५ दिन बिदा बस्ने तयारीमा जोशी,कस्ले ताेक्छ पेशी ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १९, २०७५
|
|
२४ पटक हेरिएको
Shares
१५ दिन बिदा बस्ने तयारीमा जोशी,कस्ले ताेक्छ पेशी ?

सारांश

  • काठमाडौं, १९  साउन।
  • संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीमा दुईतिहाइ बहुमतले अस्वीकृत भएका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले तत्काल राजीनामा नदिने भएका छन् ।
  • समितिबाट अस्वीकृत भएपछि जोशीले राजीनामा दिने धेरैले अनुमान गरेका थिए ।

काठमाडौं, १९  साउन। संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीमा दुईतिहाइ बहुमतले अस्वीकृत भएका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले तत्काल राजीनामा नदिने भएका छन् । समितिबाट अस्वीकृत भएपछि जोशीले राजीनामा दिने धेरैले अनुमान गरेका थिए । करीब हप्ता दिनको माथापच्चिपछि शुक्रवार सुनुवाइ समितिको बैठकले जोशीको नाम दुईतिहाइ बहुमतले अस्वीकृत गरेको थियो । सुनुवाइ प्रक्रियामा सहभागी भएका नेपाली कांग्रेसका सांसदहरू भने निर्णय प्रक्रियामा सहभागी भएनन् । नेकपाका ९ र फोरमका १ सांसदसहित १० सांसदले जोशीको विपक्षमा मतदान गरेका थिए ।

बिदामा बस्ने तयारी

सुनुवाइ समितिको बैठकबाट अस्वीकृत भएपनि जोशीले राजीनामा नदिने मनस्थिति बनाएका छन् । उनी राजीनामा नदिएर १५ दिन बिदा लिने तयारी गरेको सर्वोच्च अदालत उच्च स्रोतले लोकान्तरलाई जानकारी दिएको छ । ‘भोलि (आइतवार) राष्ट्रपतिलाई भेटेर १५ दिनको बिदा लिने तयारीमा जोशी छन्,’ स्रोतले भन्यो । जोशी बिदामा बसेपछि वरिष्ठतम् न्यायाधीशले पेशी तोक्न सक्ने व्यवस्था छ । केसी बिदा बसेको खण्डमा वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्रले पेशी तोक्ने छन् ।

यस्तो हुन्छ प्रक्रिया

न्यायपरिषद्ले दीपकराज जोशीसँगै न्यायाधीश द्वय ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर राणाको नाम संवैधानिक परिषद्मा प्रधानन्यायाधीशका लागि सिफारिश गरेको थियो । अब सुनुवाइ समितिले जोशीको नाम अस्वीकृत गरिएको जानकारी संवैधानिक परिषद्लाई गराउने छ । त्यसपछि परिषद्ले अर्को नाम सुनुवाइका लागि पठाउने छ ।

संवैधानिक परिषद्ले न्यायपरिषद्बाट जोशीसँगै सिफारिश गरेका मिश्र वा राणामध्ये एकको नाम सिफारिस गर्नेछ । परिषद्ले सिफारिश गरेको ४५ दिनभित्र सुनुवाइ समितिले प्रस्तावित नाम स्वीकृत वा अस्वीकृत भएको जानकारी संवैधानिक परिषद्लाई गराउनुपर्ने व्यवस्था छ ।  गत फागुन ३० गते न्यायपरिषद्ले गोपालप्रसाद पराजुली प्रधानन्यायाधीश पदमा बहाल नरहेको जनाएपछि वरिष्ठताका आधारमा जोशी कायममुकायम प्रधान्यायाधीश बनेका थिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Damodar Dahal

    किन बिदा बस्नु ?

    Comment Author

    Mahesh Pant

    त्यई त बरु महाअभियाेग खप्नु वेश हाेला श्रीमान !!!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वोर्ड अध्यक्ष निकितासंग तस्विर पाेस्ट गरेर पुजाले के भनिन ?
वोर्ड अध्यक्ष निकितासंग तस्विर पाेस्ट गरेर पुजाले के भनिन ?
प्रचण्डपूत्रलाइ सम्झदै गीत गाँउदागाँउदै ढलेका जनगायक खुसिराम पाख्रिनको मृत्यु
प्रचण्डपूत्रलाइ सम्झदै गीत गाँउदागाँउदै ढलेका जनगायक खुसिराम पाख्रिनको मृत्यु
कपोकल्पीत र भ्रामक प्रचारमा विश्वास नगर्न एनएमएको आग्रह
कपोकल्पीत र भ्रामक प्रचारमा विश्वास नगर्न एनएमएको आग्रह
गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौँ : प्रधानमन्त्री
गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौँ : प्रधानमन्त्री
बूढानीलकण्ठ नगरपालिकाका एक सय ४६ बालबालिकामा जन्मजात मुटुरोग
बूढानीलकण्ठ नगरपालिकाका एक सय ४६ बालबालिकामा जन्मजात मुटुरोग
लकडाउन थप कडा, कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड टेस्ट गरिने
लकडाउन थप कडा, कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड टेस्ट गरिने
सरकारको विरोध गरेको भन्दै ओली रुष्ट बनेपछि दोहोरो दबावमा उपेन्द्र यादव,
सरकारको विरोध गरेको भन्दै ओली रुष्ट बनेपछि दोहोरो दबावमा उपेन्द्र यादव,
अञ्जली चन्दले राखिन् क्रिकेटमा अन्तराष्ट्रिय कीर्तिमान
अञ्जली चन्दले राखिन् क्रिकेटमा अन्तराष्ट्रिय कीर्तिमान
सिंगापुरमा रहेका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत गरे मन्त्रिपरिषद बैठकको अध्यक्षता
सिंगापुरमा रहेका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत गरे मन्त्रिपरिषद बैठकको अध्यक्षता
गंगामायालाई सरकारले दियो १ करोड
गंगामायालाई सरकारले दियो १ करोड

तपाईंले छुटाउनुभयो कि?