फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाइ कोरोना पोजेटिभ, कैयौँ उच्च अधिकारी आइसोलेसनमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ३, २०७७
|
|
२७ पटक हेरिएको
Shares
फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाइ कोरोना पोजेटिभ, कैयौँ उच्च अधिकारी आइसोलेसनमा

सारांश

  • फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ ।
  • बिहीबार उनलाई कोरोना पोजेटिभ देखिएको प्राप्त समाचारमा जनाइएको छ ।
  • अब उनी आइसोलेसनमा बस्न लागेको उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ । बिहीबार उनलाई कोरोना पोजेटिभ देखिएको प्राप्त समाचारमा जनाइएको छ । अब उनी आइसोलेसनमा बस्न लागेको उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनीलाई बिहीबार पिसिआर पोजेटिभ देखिएको र अब आगामी सात दिनका लागि उनी आइसोलेसनमा बस्ने फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।उनले आफू आइसोलेसनमा रहेता पनि त्यहाँबाटै गर्न मिल्ने, अनलाइनबाट गर्न मिल्ने कामहरु भने गर्ने पनि बिहीबार राष्ट्रतिको कार्यालयद्धारा जारी गरिएको सो विज्ञप्तिमा जानकारी गराइएको छ ।

उनी आगामी मंगलबार र बुधबार लेबनान जाँदै थिए । अब उनी कोरोना पोजेटिभ देखिएपछि उनको सो भ्रमण पनि अहिलेका लागि स्थगित भएको बताइएको छ । यसैबीच फ्रान्सका प्रथम महिला ब्रिगिटे म्याक्रोँको परीक्षणमा भने उनको कोरोना भाइरस नेगेटिभ देखिएको बताइएको छ ।

राष्ट्रपति म्याक्रोँलाई प्रारम्भिक रुपमा केही लक्षणहरु पनि देखिएको समाचारमा जनाइएको छ । तर प्रथम महिलालाई भने कोरोना भाइरसको परीक्षणमा नेगेटिभ देखिएको र कुनै लक्षण पनि नदेखिएको बताइएको छ ।

यसैबीच राष्ट्रपति म्योक्रोँलाई कोरोना भाइरस पोजेटिभ देखिएसँगै उनको सम्पर्कमा रहेका फ्रान्सका कैयौँ उच्च सरकारी अधिकारीहरु पनि आइसोलेसनमा बस्नुपर्ने भएको बताइएको छ । फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेक्स पनि राष्ट्रपति म्याक्रोँको सम्पर्कमा रहनुभएकोले उनलाई पनि आइसोलेसनमा बस्नुपर्ने भनिएको छ ।

तर पनि उनमा कुनै लक्षणहरु भने नदेखिएको पनि समाचारमा उल्लेख गरिएको छ ।यसका साथै केही मन्त्रीहरु र अरु केही उच्च सरकारी अधिकारीहरु पनि राष्ट्रपति म्याक्रोँको निरन्तर सम्पर्कमा रहेकोले उनीहरुलाई पनि आगामी केही दिन आइसोलेसनमा बस्नुपर्ने बताइएको छ ।

फ्रान्सको सरकारले बनाएको स्वास्थ्य सुरक्षा मापदण्डअनुसार उनीहरु आगामी केही दिनका लागि आइसोलेसनमा बस्नुपर्ने भएको हो ।(सिन्ह्वा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल दुर्घटनामा प्रहरी निरीक्षककोे मृत्यु
१२ वर्षपछि सिक्लेसमा नोस्टाल्जिक बनेका प्रचण्डले भने – ‘केही तलमाथि भएको भए उहाँ मारिन सक्नुहुन्थ्यो’
सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइन, पूर्व–पश्चिमको हो: प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ता
सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइन, पूर्व–पश्चिमको हो: प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ता
मेनपावर सबै बन्द हुन्छन्-केपी शर्मा ओली
‘समृद्धि’ हाम्रो साझा लक्ष्य : प्रधानमन्त्री ओली
‘समृद्धि’ हाम्रो साझा लक्ष्य : प्रधानमन्त्री ओली
तारा एयरका दुई क्याप्टेनबीच मन्थली विमानस्थलमा झगडा, प्रहरीमा उजुरी
तारा एयरका दुई क्याप्टेनबीच मन्थली विमानस्थलमा झगडा, प्रहरीमा उजुरी
सुधारको बाटामा सार्वजनिक यातायात
सुधारको बाटामा सार्वजनिक यातायात
कहाँ गयो बालापन ?
कहाँ गयो बालापन ?
बागमती प्रदेश : यस्ता छन् मन्त्रिपरिषद्को निर्णयहरु
बागमती प्रदेश : यस्ता छन् मन्त्रिपरिषद्को निर्णयहरु
हत्केलाको यो भागबाट थाहा हुन्छ तपाईको भाग्य
हत्केलाको यो भागबाट थाहा हुन्छ तपाईको भाग्य

तपाईंले छुटाउनुभयो कि?