हत्केलाको यो भागबाट थाहा हुन्छ तपाईको भाग्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २२, २०७६
|
|
२२ पटक हेरिएको
Shares
हत्केलाको यो भागबाट थाहा हुन्छ तपाईको भाग्य

सारांश

  • हत्केलामा मुख्य रुपमा जीवन रेखा, भाग्य रेखा, हृदय रेखा र मस्तिष्क रेखा हुन्छन् ।
  • प्रायः भविष्यसँग जोडिएका तमाम जिज्ञासाहरुका जवाफ यिनै रेखाहरुबाट मिल्दछ ।
  • यी रेखाहरुको अलावा हाम्रो हत्केलामा अरु पनि विभिन्न किसिमका साना–तिना रेखाहरु राखेका हुन्छन जसको हस्तरेखा ज्योतिषमा धेरै ठुलो महत्व हुन्छ ।

हत्केलामा मुख्य रुपमा जीवन रेखा, भाग्य रेखा, हृदय रेखा र मस्तिष्क रेखा हुन्छन् । प्रायः भविष्यसँग जोडिएका तमाम जिज्ञासाहरुका जवाफ यिनै रेखाहरुबाट मिल्दछ । यी रेखाहरुको अलावा हाम्रो हत्केलामा अरु पनि विभिन्न किसिमका साना–तिना रेखाहरु राखेका हुन्छन जसको हस्तरेखा ज्योतिषमा धेरै ठुलो महत्व हुन्छ । हथेली जहाँबाट सुरु हुन्छ त्यसलाई मनिबंध भनिन्छ।

मनिबंधमा बनेका केहि रेखा बहुत भाग्यशाली हुन्छन साथै यसबाट जीवनको सबै राज खुल्नेछ । कुनै पनि व्यक्तिको हातमा मनिबन्धमा बन्ने रेखा एकदम सिधा र स्पष्ट देखिन्छा भने उनीहरुलाई भाग्यले सधै साथ दिनेछ। जब हत्केलामा भाग्यरेखा मनिबन्ध बाट शुरू भएर सिधा शनि पर्वत मा मिल्छ भने यस्ता व्यक्ति भाग्यशाली हुन्छन् ।

जो कसैको हत्केलामा भाग्य रेखा चन्द्रमाको क्षेत्रबाट प्रारम्भ हुन्छ भने उसको हरेक कामहरु सफल हुन्छ अनि जीवनमा धरै मान सम्मान प्राप्त हुन्छ । यदि मनिबन्धको नजिकै गहुँ आकारको कुनै पनि निशान बनेको छ भने यसलाई ज्यादै शुभ मानिन्छ । उसको जिन्दगीमा हमेशा खुशी आनन्द भैरहन्छ ।

 

यो पनि पढ्नुस्
सुषमाको प्रेम कहानी यसरी सुरु भएको थियो
काठमाडौं। भारतीय पूर्व विदेश मन्त्री सुषमा स्वराजको निधनले धेरैलाई स्तब्ध बनाएको छ। हरियाणामा जन्मिएकी सुषमा स्वराजले भारतीय राजनीतिमा यस्तो आयाम स्थापित गरिन् जसको सबैले प्रसंसा गरेका छन्। आज हामी सुषमा सँग सम्बन्धित बाहिर नआएका विषयमा जानकारी दिन गइरहेका छौं। सुषमाको जन्म १४ फेब्रुअरी १९५२ मा हरियाणको अंबालामा भएको थियो।

सुषमा निकै शानदार व्यक्तित्वकी धनी थिइन्। उनको अध्ययन चण्डीगढस्थित पंजाब विश्वविद्यालयमा भएको थियो। अध्ययनका क्रममा उनको भेट युवा वकिलसँग भयो। सुषमाले त्यो बेला प्रेम विवाह गरेकी थिइन्। जतिबेला युवतीलाई घरबाट बाहिर निस्किन पनि समस्या पथ्र्यो। सुषमाका आमा बुवा विवाह गर्न तयार थिएनन्। सुषमा स्वराजका श्रीमानको नाम स्वराज कौशल हो।

१३ जुलाई १९७५ मा उनीहरु बीच विवाह भएको थियो। सुषमाका श्रीमान चर्चित वकिल हुन्। कौशललाई ३४ वर्षको उमेरमा देशका सबैभन्दा युवा एडभोकेट जनरल बनाइएको थियो। स्वराज कौशल ३७ वर्षको उमेरमा मिजोरमका गभर्नर पनि बनेका थिए। १९९० देखि १९९३ सम्म गभर्नर बनेका थिए। सुषमा र स्वराजको प्रेम कहानी पंजाब विश्वविद्यालय चण्डीगढको कानुन विभागबाट सुरु भएको थियो।

त्यहाँ दुवै जना पहिलो पटक भेटेका थिए। त्यसपछि भेट्ने क्रम बाक्लियो र उनीहरुबीच प्रेम हुन थाल्यो। त्यसपछि उनीहरुले विवाह गर्ने निर्णय गरे। उनीहरुबीच विवाह गर्न दुवै परिवार तयार थिएनन्। त्यो यस्तो समय थियो, जतिबेला छोरीलाई पर्दा पछाडि राखिन्थ्यो। प्रेम विवाह गर्नु त टाढाको कुरा, उनीहरुलाई बेहुलाको अनुहारसम्म हेर्ने अनुमति हुँदैन थियो।

तर सुषमा स्वराजले हिम्मत देखाइन् अनि परिवारलाई मनाएर विवाह गरिन्। उनी २५ वर्षको उमेरमा हरियाणाको क्याबिनेट मन्त्री बनिन्। सुषमाकी एक छोरी छन् बाँसुरी जो वकिल छिन्। उनले अक्सफोर्ड युनिभर्सिटीबाट ग्रेजुएशन गरेकी छन्। सुषमाका श्रीमान स्वराज कौशल १९९८ देखि २००४ सम्म हरियाणाबाट राज्यसभा सांसद पनि भइसकेका छन्। सुषमालाई धरै भाषाको पनि ज्ञान थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?