बंगलादेशी क्लवसँग पराजित भएपछि एएफसी कपबाट बाहिरियो मनाङ मर्स्याङ्दी
सारांश
- काठमाडौं ।
- एएफसी कप फुटबलमा नेपालको लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले बंगलादेशी क्लब ढाका अबहानी लिमिटेडसँग फराकिलो हार व्यहोरेको छ ।
- ढाकास्थित बंगबन्धु स्टेडियममा बुधबार भएको अवे खेलमा मनाङ अबहानीसंग ५–० गोल अन्तरले पराजित भएको हो ।
काठमाडौं । एएफसी कप फुटबलमा नेपालको लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले बंगलादेशी क्लब ढाका अबहानी लिमिटेडसँग फराकिलो हार व्यहोरेको छ ।ढाकास्थित बंगबन्धु स्टेडियममा बुधबार भएको अवे खेलमा मनाङ अबहानीसंग ५–० गोल अन्तरले पराजित भएको हो । यो हारसंगै मनाङ एएफसी कपबाट बाहिरिएको छ ।अबहानीको जितमा नाबिब निवाज जीबोन, केर्भिन्स बेल्फोर्ड,जिवेल राना,सन्डे चिजोबा र होसेन बादसाहले एक एक गोल गरे ।घरेलु टोलीविरुद्ध पहिलो हाफमा २–० ले पछि परेको मनाङले दोस्रो हाफमा ३ गोल खाएको थियो ।मनाङविरुद्ध अबहनीले खेलको ११ औं मिनेटमा जीबोनको गोलबाट अग्रता बनाएको थियो । खेलको ४५ औं मिनेटमा बेल्फोर्डले गोल गर्दै अबहानीलाई २–० को अग्रता दिलाए ।
खेलको ६३ औं मिनेटमा जिवेल ले गोल गर्दै अबहानीलाई ३–० को अग्रता दिलाए । ७६ औं मिनेटमा सन्डेले गोल गर्दा अबहानी ४–० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा होसेनले गोल गर्दै अबहानीलाई ५–० को फराकिलो जित दिलाए ।खेल अवधिभर बल पोजिसनमा पकड जमाएपनि मनाङले उकृष्ट आक्रमण बुन्न सकेन् ।यसअघि गत अप्रिलमा भएको होम खेलमा मनाङ अबहानीसँग १–० ले पराजित भएको थियो ।यो हारसंगै समूह ई मा रहेको मनाङले ५ खेलमा २ अंक जोडेको छ । मनाङ समूहको पुछारमा रहेको छ । अबहानी ५ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।यस समूहमा चेन्नायीन एफसी ८ अंक जोडेर दोस्रो र मिनर्वा पन्जाब ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया