गैँडाको खाग खरिद बिक्रीमा संलग्न पन्ध्र जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २७, २०७९
|
|
७७ पटक हेरिएको
Shares
गैँडाको खाग खरिद बिक्रीमा संलग्न पन्ध्र जना पक्राउ

सारांश

  • काठमाडौं ।
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु गैँडाको खाग ओसारपसार तथा खरिद बिक्री कार्यमा संलग्न विभिन्न १५ जनालाई पक्राउ गरेको छ ।
  • ब्यूरोको टोलीले विशेष सूचनाका आधारमा यही गत पुस १९ गते जिल्ला काठमाडौँ महानगरपालिका–७ सरस्वतीनगर टोलबाट गैँडाको एक थान खाग (तौल पाँच सय २२ ग्राम)सहित सुरुमा इन्द्रमणि आर्चाय र जमुनाकुमारी शर्मालाई पक्राउ गरेको थियो ।

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु गैँडाको खाग ओसारपसार तथा खरिद बिक्री कार्यमा संलग्न विभिन्न १५ जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले विशेष सूचनाका आधारमा यही गत पुस १९ गते जिल्ला काठमाडौँ महानगरपालिका–७ सरस्वतीनगर टोलबाट गैँडाको एक थान खाग (तौल पाँच सय २२ ग्राम)सहित सुरुमा इन्द्रमणि आर्चाय र जमुनाकुमारी शर्मालाई पक्राउ गरेको थियो । त्यसपछि सोधपुछ तथा अनुसन्धानका क्रममा उक्त कारोबारमा संलग्न अन्य १३ जनालाई विभिन्न मितिमा विभिन्न जिल्लाबाट पक्राउ गरी निजहरूलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको ब्यूरोका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए ।

ब्यूरोको टोलीले अनुसन्धानका क्रममा यही माघ १२ गते बाबुलाल भट्टराई, गजाधर सापकोटा र प्रताप चौधरीलाई पक्राउ गरेको थियो । यसैगरी माघ २० गते डम्बरकुमार आलेमगर, दानबहादुर राना र निर्मल शाहीलाई, माघ २२ गते हरिमाया राना, माघ २४ गते कमला तामाङ तथा माघ २५ गते सोमबहादुर चेपाङ, तुलसी चेपाङ, वीरमान वाइबा, राधाकृष्ण चेपाङ र आइतबहादुर तामाङलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काम गर्दै जाँदा भएका गल्ती प्रधानमन्त्रीले सच्याउनुपर्छ : योगेश भट्टराई
काम गर्दै जाँदा भएका गल्ती प्रधानमन्त्रीले सच्याउनुपर्छ : योगेश भट्टराई
आईसीसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरीको छलाङ, पुगे दोस्रो स्थानमा
आईसीसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरीको छलाङ, पुगे दोस्रो स्थानमा
चाकडीको चरमरूप ! एनटीभी डुबाउने खेल, बेकम्माको प्रत्यक्ष प्रसारण तयारी !!
चाकडीको चरमरूप ! एनटीभी डुबाउने खेल, बेकम्माको प्रत्यक्ष प्रसारण तयारी !!
चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपियो
चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपियो
​राजनीतिक स्थिरता नचाहनेहरु अस्थिरता फैलाउन खोज्दैछन् : गृहमन्त्री थापा
किष्ट बैंकका प्रमुख पक्राउ
किष्ट बैंकका प्रमुख पक्राउ
पाँच महिनामा चार लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए
पाँच महिनामा चार लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए
इटहरीको मेयरमा कांग्रेसका पाैडेल र उपमेयरमा एमालेकी चाैधरी निर्वाचित
इटहरीको मेयरमा कांग्रेसका पाैडेल र उपमेयरमा एमालेकी चाैधरी निर्वाचित
रक्सी धेरै पिएपछि ‘ह्याङ्गओभर’ किन हुन्छ र कसरी जोगिने
रक्सी धेरै पिएपछि ‘ह्याङ्गओभर’ किन हुन्छ र कसरी जोगिने
नख्खु कारागारमा कैदीबन्दीहरुबीच भिडन्त, एकको मृत्यु
नख्खु कारागारमा कैदीबन्दीहरुबीच भिडन्त, एकको मृत्यु