आज को  मन्त्रिपरिषद्का ८ निर्णयहरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
२० पटक हेरिएको
Shares
आज को  मन्त्रिपरिषद्का ८ निर्णयहरु

सारांश

  • काठमाडौ साउन,२९।
  • आज बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ८ वटा  निर्णय गरेको छ।
  • सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाका अनुसार मन्त्रिपरिषद्का ८ निर्णय हरुमा नियुक्ति देखि पदमुक्त सम्मका निर्णयहरु भएका छन्।

काठमाडौ साउन,२९। आज बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ८ वटा  निर्णय गरेको छ।सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाका अनुसार मन्त्रिपरिषद्का ८ निर्णय हरुमा नियुक्ति देखि पदमुक्त सम्मका निर्णयहरु भएका छन्। बैठकले थप तीन वटा  बिधेयकहरु लाई पनि स्वीकृत गरेको छ।

मन्त्री गोकुल बाँस्कोटाका अनुसार आज को  मन्त्रिपरिषद्का ८ निर्णयहरु

१.बालबालिका सम्बन्धि कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको बिधेयक संघीय संसदमा पेश गर्ने

२.खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारसम्बन्धि बिधेयक संसदमा पेश गर्ने

३.रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक संसदमा पेश गर्ने

४ निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा महालेखा परिक्षक सुरेश प्रधानलाई  तोक्ने

५.मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने प्रयोजनका लागि बुढानिलकण्ड  क्षेत्रको ९ आना जग्गा अधिकरणका लागि स्वीकृती दिने

६. परराष्ट्र मालिम अध्ययन प्रतिष्ठान अध्ययन विकास समितिलाई पुर्नगठन गर्ने। जसमा डिल्लीराज घिमिरे, डा खड्क केसी, प्रा डा मिना बैद्य मल्ल, हरि फुयाल, हिमालय थापा, डा शंकर शर्मा, भवानी राणा र लालबाबु यादबलाई ३ वर्षका लागि नियुक्त गर्ने

७. बोनस (चौथो संशोधन) नियमावली २०७५ स्वीकृत गर्ने

८.नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदबाट हटाउने

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?