बच्चा बोकेकी महिलामाथि वर्षियो इन्सपेक्टरको लाठी, भिडियो सामाजिक सञ्जालमा भाइरल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १६, २०७६
|
|
३१ पटक हेरिएको
Shares
बच्चा बोकेकी महिलामाथि वर्षियो इन्सपेक्टरको लाठी, भिडियो सामाजिक सञ्जालमा भाइरल

सारांश

  • ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्व जर्नेल हेम खत्रीको घरअगाडि बिहीबार दिउँसो केही महिला जम्मा भए।
  • एक महिला खत्रीसँग आफ्नो पूरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै दलबल लिएर उनको घर गएकी थिइन्।
  • ती महिला चार महिनादेखि यसरी नै खत्रीको घरअगाडि ‘धर्ना’ दिइरहेकी छन्।

ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्व जर्नेल हेम खत्रीको घरअगाडि बिहीबार दिउँसो केही महिला जम्मा भए।

एक महिला खत्रीसँग आफ्नो पूरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै दलबल लिएर उनको घर गएकी थिइन्। ती महिला चार महिनादेखि यसरी नै खत्रीको घरअगाडि ‘धर्ना’ दिइरहेकी छन्।

घरबाहिर महिलाहरू भेला भएको देखेपछि खत्रीले प्रहरीलाई खबर गरे। केहीबेर प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी खत्रीको घरमा पुगे। घरअगाडि महिला भेला भएका थिए, नियन्त्रण गर्न पुरुष प्रहरी पनि गएका थिए।

प्रहरीले महिलाहरूलाई त्यहाँबाट हटाउन खोज्यो। नमानेपछि बल प्रयोग र्गयो।

त्यही क्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले पनि लाठी चलाए। उनको एकजना महिलालाई पछाडिबाट लाठीले हानेको भिडिओ अहिले सामाजिक सञ्जालमा आएको छ।

इन्स्पेक्टर पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई प्रहरीको गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेका छन्। पछि प्रहरीले छ जना महिलालाई नियन्त्रणमा लियो।

ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले महिलाहरूले घरमा तोडफोड गर्न थालेपछि प्रहरीले भीड नियन्त्रणमा लिन बल प्रयोग गरेको बताए।

इन्स्पेक्टर पौडेलले आफूले लाठी प्रहार गरेको स्वीकारेका छन्।

’त्यहाँ पुगेपछि हामीले महिलाहरूलाई कानुनी प्रकृयामा अगाडि बढ्नुस भनेका थियौं,’ पौडेलले सेतोपाटीसँग भने,’नमानेपछि क्लियर गरिदिएका हौं।’

बच्चा बोकेकी महिलामाथि किन लाठी हानेको त भन्ने प्रश्नमा उनले सामान्य बल प्रयोग गरेको बताए।

’अब प्रहरीले सामान्य बल प्रयोग गर्नपर्ने अवस्था आएपछि गरिहाल्छ नि,’ उनले भने।

मुलुकी फौजदारी कार्य्विधि संहिता २०७४ परिच्छेद २ मा कुनै महिलालाई पक्राउ गर्नुपरेमा यथासम्भव महिला प्रहरीद्वारा पक्रन लगाउनु पर्ने व्यवस्था गरिएको छ। ‘पक्राउ गर्नुपर्ने अवस्थामा तत्काल महिला प्रहरीले उपलब्ध नभएमा निजको इज्जत वा प्रतिष्ठामा आँच नआउने गरी महिलाको शारिरीक संवेदनशीलताको सम्मान गर्दै पुरूष प्रहरी कर्मचारीले पक्राउ गर्न बाधा पर्ने छैन,’ संहितामा भनिएको छ।

बिहीबारको घटना हुँदा महिला प्रहरी घटनास्थलमै थिए। तर महिलालाई कुट्न इन्स्पेक्टर नै अघि लागे।

एसएसपी राईले भने महिलामाथि पुरूष प्रहरीले लाठी हानेको जानकारी आफूलाई नभएको बताए।

’सबै ठाउँमा महिला प्रहरी हुदैँनन्, पिट्नु भन्दा पनि अलि यसो गरेका होलान्,’उनले सेतोपाटीसँग भने,’नहान्न पर्ने हो के रहेछ हेरेर कारबाही गर्छु।’ सेतोपाटीबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भेडेटारमा भारतीय पर्यटकको घुँइचो
भेडेटारमा भारतीय पर्यटकको घुँइचो
चीनको अर्थतन्त्रको गति सन् २०१८ मा २८ वर्ष यताकै न्यून
चीनको अर्थतन्त्रको गति सन् २०१८ मा २८ वर्ष यताकै न्यून
अबको प्रधानमन्त्री केपी शर्मा ओली : प्रचण्ड
अबको प्रधानमन्त्री केपी शर्मा ओली : प्रचण्ड
शुक्रबार संसद्को अन्तिम बैठक -असोज २८ देखी विघटन हुने
शुक्रबार संसद्को अन्तिम बैठक -असोज २८ देखी विघटन हुने
त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मत सकियो, सोमबारदेखि २१ घण्टा सञ्चालनमा
त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मत सकियो, सोमबारदेखि २१ घण्टा सञ्चालनमा
राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान शुरु
राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान शुरु
देउवालाई फेरि धक्का : नेविसंघमा संस्थापनविरुद्ध एकतर्फी महाधिवेशन घोषणा
देउवालाई फेरि धक्का : नेविसंघमा संस्थापनविरुद्ध एकतर्फी महाधिवेशन घोषणा
आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै
घरेलु तथा साना उद्योग कार्यालयको सेवा अब अनलाइनबाट
घरेलु तथा साना उद्योग कार्यालयको सेवा अब अनलाइनबाट
उर्जामन्त्रीले गरे उदाहरणीय काम : कुलमानलाइ असहयोग गर्ने ३ कर्मचारी बर्खास्त !!!
उर्जामन्त्रीले गरे उदाहरणीय काम : कुलमानलाइ असहयोग गर्ने ३ कर्मचारी बर्खास्त !!!

तपाईंले छुटाउनुभयो कि?