कर नतिरेर भद्र अवज्ञा गर्न देउवाको आग्रह

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २१, २०७७
|
|
४९ पटक हेरिएको
Shares

सारांश

  • नेपाली काँग्रेका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने भद्र अवज्ञा गर्न आव्हान गरेका छन् ।
  • उनले लकडाउनको बखत सरकारले कर तिर्न गरेको ताकेताको विरोध गर्दै अवज्ञा गर्नुको विकल्प नभएको बताएका छन् ।
  • ‘लकडाउन भएको अढाइ महिना पुग्न लागेको र हाल जेठ ३२ सम्म कायमै रहेको स्थितिका बीच कर तिर्न ताकेता गर्नु भनेको सरकारले बजारको स्थिति बुझेरपनि बुझपचाउनु र नागरिकको पीडाप्रति असंवेदनशील बन्नु हो,’ देउवाले आज अपिलमार्फत भनेका छन, ‘त्यसलाई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नागरिकको रहँदैन ।

नेपाली काँग्रेका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने भद्र अवज्ञा गर्न आव्हान गरेका छन् । उनले लकडाउनको बखत सरकारले कर तिर्न गरेको ताकेताको विरोध गर्दै अवज्ञा गर्नुको विकल्प नभएको बताएका छन् ।

‘लकडाउन भएको अढाइ महिना पुग्न लागेको र हाल जेठ ३२ सम्म कायमै रहेको स्थितिका बीच कर तिर्न ताकेता गर्नु भनेको सरकारले बजारको स्थिति बुझेरपनि बुझपचाउनु र नागरिकको पीडाप्रति असंवेदनशील बन्नु हो,’ देउवाले आज अपिलमार्फत भनेका छन, ‘त्यसलाई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नागरिकको रहँदैन । सरकार असंवेदनशील भएको भन्दै आलोचना गर्दै गम्भीर बन्न आग्रह गरे ।’

देउवाले तत्काल जेठ २५ भित्र कर तिर्न निर्धारित समयावधिको ताकेता फिर्ता गरेर समयावधि थप गर्न माग गरेका छन् ।

देशभर आन्तरिक राजश्व कार्यालयले २५ जेठभित्र कर तिर्न सुचना जारी गरेपछि विरोध प्रदर्शन भइरहँदा देउवाको अपिल सार्वजनिक भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?