बजारमा विषादी प्रयोग गरेका आँप छ्यापछ्याप्ती

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १६, २०७६
|
|
३३ पटक हेरिएको
Shares
बजारमा विषादी प्रयोग गरेका आँप छ्यापछ्याप्ती

सारांश

  • लहान, १६ जेठ ।
  • आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ ।
  • स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका छन् ।

लहान, १६ जेठ । आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका छन् ।भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु सिरहा सदरमुकामसहित लहान, गोलबजार, मिर्चैयालगायतका शहरमा बिक्री भइरहेको स्थानीयवासीले बताएका छन् ।

यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने स्वास्थ्यकर्मीले बताएका छन् । विषादी हालेर पकाइको आँपका कारण स्वास्थ्यमा जोखिम बढेको स्थानीयवासी सन्तोष साहको गुनासो छ । आँपमा विषादी हालेर पकाइएकाले स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले त्यस्तो आँप नखान चिकित्सकको सुझाव छ ।आँप उत्पादनको दृष्टिकोणले सिरहा जिल्ला अग्रणी मानिन्छ । सिरहामा फल्ने आँप काठमाडौँ, विराटनगर, पोखरासहित मुलुकका विभिन्न शहरका साथै भारतलगायतका अन्य छिमेकी मुलुकमा निर्यात हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्ता समीकरणमा कुनै समस्या आएको छैनः उपप्रधानमन्त्री लामिछाने
सत्ता समीकरणमा कुनै समस्या आएको छैनः उपप्रधानमन्त्री लामिछाने
गोरखा नगरपालिकामा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा
गोरखा नगरपालिकामा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा
राष्ट्र बैंकका गभर्नर निलम्बित, डेपुटी गभर्नरलाई कार्यबाहकको जिम्मेवारी
राष्ट्र बैंकका गभर्नर निलम्बित, डेपुटी गभर्नरलाई कार्यबाहकको जिम्मेवारी
नेपाल पक्षका एमाले नेताको नयाँ रणनीति, तत्काल राजीनामा नदिने
नेपाल पक्षका एमाले नेताको नयाँ रणनीति, तत्काल राजीनामा नदिने
प्रतिनिधिसभाको बैठक साउन २२ गते सम्मका लागि रोकियो
प्रतिनिधिसभाको बैठक साउन २२ गते सम्मका लागि रोकियो
आज ३० गते विहिबारको राशीफल यस्तो छ, थाहा पाउनुस् राशीले के भन्छ आज ?
शनिबार राति आएको असिनापानीबाट रु तीन करोडको क्षति
शनिबार राति आएको असिनापानीबाट रु तीन करोडको क्षति
रासायनिक मलको असर माटोलाई मात्रै होइन मानवलाई पनि
रासायनिक मलको असर माटोलाई मात्रै होइन मानवलाई पनि
बालस्वास्थ्य र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरु
बालस्वास्थ्य र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरु
सर्पले टोकेर मृत्यु
सर्पले टोकेर मृत्यु

तपाईंले छुटाउनुभयो कि?