पोखरामा पत्रकार माथि हातपात, यस्तो समाचार लेखेका थिए पत्रकार सुरेशराज अधिकारीले !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २९, २०७४
|
|
२५ पटक हेरिएको
Shares
पोखरामा पत्रकार माथि हातपात, यस्तो समाचार लेखेका थिए पत्रकार सुरेशराज अधिकारीले  !

सारांश

  • यस्तो समाचार लेखेका थिए पत्रकार सुरेशराज अधिकारीले पोखरामा पत्रकार माथि हातपात भएको छ ।
  • पत्रकारले समाचार लेख्दा एकपक्षीय ढङ्गले बाढी पिडितलाई सुकुम्बासी भन्दै अनाधिकृत भनि समाचार सम्प्रेशन गरेको भन्दै महानगरपालिका घेराउ गर्न पुगेका पिडित पक्षका आक्रोशित भिडले समाधान राष्ट्रिय दैनिकका संवाददाता सुरेशराज अधिकारी माथी हातपात गरिएको हो ।
  • गत २८ गते “पोले महानगरपालिका—१५ का अनाधिकृत ३८ घर टहरा भत्काइयो” भन्ने समाचारको शिर्षकलाई लिएर भिडले अधिकारी माथि हातपात गरेका हुन् ।

यस्तो समाचार लेखेका थिए पत्रकार सुरेशराज अधिकारीले पोखरामा पत्रकार माथि हातपात भएको छ । पत्रकारले समाचार लेख्दा एकपक्षीय ढङ्गले बाढी पिडितलाई सुकुम्बासी भन्दै अनाधिकृत भनि समाचार सम्प्रेशन गरेको भन्दै महानगरपालिका घेराउ गर्न पुगेका पिडित पक्षका आक्रोशित भिडले समाधान राष्ट्रिय दैनिकका संवाददाता सुरेशराज अधिकारी माथी हातपात गरिएको हो । गत २८ गते “पोले महानगरपालिका—१५ का अनाधिकृत ३८ घर टहरा भत्काइयो” भन्ने समाचारको शिर्षकलाई लिएर भिडले अधिकारी माथि हातपात गरेका हुन् । घटना घटेको भोलिपल्ट पत्रकारद्दय आश तमु र रमाकान्त वास्तोला घटनास्थलमा रिपोर्टिङमा जाने क्रममा पिडितहरुले पत्रकार भन्दैमा कुरा नबुझी केही लेख्न पाइदैन् भन्दै आक्रोश पोखेका थिए । सहि सत्य र तत्थ हामी प्रकाशन गर्छौ भने पछि मात्र पिडितहरु शान्त भएका थिए । उचित बासस्थान अन्तर्गत भएको निर्णय बमोजिम व्यक्ति विशेषको नाममा दर्ता नहुने भन्दै अन्तिम निर्णय भई हजारौं घरवार बिहिन हुदाँ तत्कालिन श्री ५ को सरकार देखि पिडित परिवारहरुलाई उचित बासस्थान अन्तर्गत पोखरा महानगरपालिका १५ को मजुवा स्थित आबश्यक कागजात दिएर सुरक्षित राखिएको थियो ।

यस्तै बाढीपिडित परिवारको घरवास उठिबास गराउने निर्णय वार्डको साथ केहि भू—माफियाहरुको आडमा गरिएको हुदाँ उक्त कार्य अमानविय सोचका साथ गरिएको, भन्दै पिडितहरुले पोलेनपा मा उक्त निर्णय बदर गरि वास्तविक पिडित र अबैध रुपमा अतिक्रमण गर्नेबीच छानबिन गरियोस भनि निवेदन समेत दिएका थिए । सरकारले बाढीपहिरो पीडित भनेर उपलव्ध गराएको पोखरा १५ मजुवा बस्तीमा बनाएका घर टहरालाई पोखरा लेखनाथ महानगरपालिकाले डोजर लगाई भत्काएका कारण आक्रोशित बाढीपहिरो पीडितहरू महानगर कार्यालय अघि धर्ना दिँदै । पिडितहरुले आफुले राज्यलाई तिर्ने कर समेत तिरेर बसिरहेको बताउँछन् । सार्बजनिक जग्गा अतिक्रमण गरेर बसेका भू—माफियाका कुरा सुनेर प्रशासनले डोजर लगाईनु निन्दनीय भएको उनीहरु बताउँछंन् । यस्तै अस्थाई घर टहरा बनाई बसोबास गर्न पाउने अधिकार अनुरुप बसोबास गर्दा केहि ब्यक्त्तिहरुले दिएको गलत निवेदन लाई साँची मानि उचित छानबिन बिनानै बस्ति उजाडिनु र अनाधिकृत रुपमा जग्गा बेचबिखन गर्नेहरुलाइ उन्मुक्त्ति दिनु गलत रहेको पिडितहरु बताउँछंन् । घर टहरा प्रशासन लगाएर अमानबिय तरिकाले हटाएपछि उनीहरु अहिने चिल्लीबिल्ली बनेका छन् । पिडित मध्ये एकले भने “हामी असहाय पिडित परिवारको दोष के हो ? हामीले आफुलाई राज्यले पुनर्वास गराएको ठाउँमा बसोबास गर्न नपाउने ? के हामि नागरिकको कुनै मुल्यांकन छैन ? छ भने नागरिकको जिउन पाउने अधिकार किन खोसियो ?” पाले महानगरपालिकाले उक्त घर टहरामाथि डोजर लगाउँदा करिब ३ करोड बराबरको क्षेति समेत भएको पिडितहरु मध्यकै एक पिडित रामकाजी गुरुङले बताए । प्रहरी प्रशासनको घेराउमा महिलामाथि समेत हातपात गरि घर देखि थुत्ने जस्ता क्रियाकलाप गरि घरको सामान समेत बाहिर निकाल्न नदिइएको उनीहरु बताउँछन ।

आँखा अगाडी नै आफ्नो घर उजाडियो अहिले पो हामि वास्तविक सुकुम्बासी जस्तो भएका छौँ पिडित रामकाजीले भने । पिडितहरुले सत्य तथ्य छानबिन गरि घटनाबाट भएको क्षतिपूर्ति सहित वास्तविक पिडित र जालीहरु पहिचान गर्न सरकार समक्ष अपिल समेत गरेका छन् । यसैबीच , पत्रकार अधिकारीमाथि भएको कुटपिटको नेपाल पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले आपत्ति जनाएका छन् । समाधान टीम, कास्कीका क्रियाशील पत्रकार सहितको टोली जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिंहलाई नै भेटेर दोषीलाई तुरुन्त पक्रेर कारबाही गर्न आग्रह गरिएको छ । एसपी सिंहले पक्रेर कारबाही गर्ने बताएका छन् । पत्रकार अधिकारीले आफूमाथि कुटपिट गर्ने विकास विरुद्धकिटानी जाहेरी दिएका छन् । यस्तो छ नेपाल पत्रकार महासंघ, कास्कीले जारी गरेको विज्ञप्ती: नेपाल पत्रकार महासंघ कास्की शाखा मितिः २०७४/०६/२९ प्रेस विज्ञप्ति पोखराका सक्रिय पत्रकार, समाधान राष्ट्रिय दैनिक एवं माछापुच्छे एफ.एम.का संवाददाता सुरेसराज अधिकारी माथि आज (आईतबार) समाचार संकलनको क्रममा हातपात र धम्की दिएको घटनाको नेपाल पत्रकार महासंघ कास्की घोर भत्सना गर्दछ ।

पत्रकार अधिकारीलाई गुण्डागर्दी शैलिमा हातपात गर्र्ने पोखरा लेखनाथ महानगरपालिका २८ का विकास गुरुङलाई तुरुन्त पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न महासंघ कास्की जोडदार माग गर्दछ। आक्रमणकारी गुरुङले अन्य क्रियाशिल पत्रकारको समेत नाम लिई ज्यान मार्ने धम्की दिएकोले यो सिंगो पत्रकारिता क्षेत्र माथिको आकमर्णको रुपमा हामीले लिएका छौं । यस घडिमा नेपाल पत्रकार महासंघ कास्की सम्पुर्ण पत्रकारको भौतिक सुरक्षाको प्रत्याभुति गर्न स्थानिय प्रशासन समक्ष माग गर्दछ । अध्यक्ष दिपेन्द्र श्रेष्ठ नेपाल पत्रकार महासंघ कास्की शाखा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?