बझाङ दुर्घटना अपडेट : उपचारका क्रममा मन्त्री सिंहको निधन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ५, २०८०
|
|
४४ पटक हेरिएको
Shares
बझाङ दुर्घटना अपडेट : उपचारका क्रममा मन्त्री सिंहको निधन

सारांश

  • जानकी ।
  • सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।
  • आज बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परेका मन्त्री सिंहको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा अपराह्न ५ः३३ मा निधन भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

जानकी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।

आज बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परेका मन्त्री सिंहको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा अपराह्न ५ः३३ मा निधन भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

प्रनाउ तिवारीका अनुसार मन्त्री सिंहलाई दुर्घटनास्थलाबाट थप उपचारका लागि अपराह्न ४ः१६ मा कोहलपुर मेडिकल कलेजमा ल्याइएको थियो । मन्त्री सिंहसँगै जीप चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई पनि उपचारका लागि नेपालगञ्ज ल्याइएको इलाका इन्चार्ज तिवारीले जानकारी दिए । उनका अनुसार दुवैको अवस्था मध्यम रहेको छ ।

दुर्घटनामा घाइते भएका मन्त्री पत्नी अमृता र नातामा भाउजू पर्ने जयादेवीको भने उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदा बाटोमै मृत्यु भएको बझाङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

प्रदेश मन्त्री सिंह चढेको सुपप्र १००१ झ ४८ नम्बरको जीप डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडमा सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति-प्रधानमन्त्रीबीच टकरारको संकेत, आचारसंहिताविपरीत मन्त्रिपरिषद् विस्तार !
राष्ट्रपति-प्रधानमन्त्रीबीच टकरारको संकेत, आचारसंहिताविपरीत मन्त्रिपरिषद् विस्तार !
अदालतले थुनामा पठाएपछि रेशम चौधरीले के भने ? हेर्नुस् भिडियो
अदालतले थुनामा पठाएपछि रेशम चौधरीले के भने ? हेर्नुस् भिडियो
महिलाको नेतृत्व विकासमा अहम् भुमिका खेल्दै निर्मला क्षत्री
महिलाको नेतृत्व विकासमा अहम् भुमिका खेल्दै निर्मला क्षत्री
New communications related laws to be made: Communications Minister Baskota
New communications related laws to be made: Communications Minister Baskota
मन्त्रीहरुको कामप्रति प्रम ओली असन्तुष्ट, साउनमा व्यापक हेरफेरको तयारी, सल्लाहकार पनि हटाउँदै !
मन्त्रीहरुको कामप्रति प्रम ओली असन्तुष्ट, साउनमा व्यापक हेरफेरको तयारी, सल्लाहकार पनि हटाउँदै !
प्रेस काउन्सिल नेपाललार्इ प्रेस युनियनकाे चेतावनि
लडडु खाएर प्रचण्डसँग मिलेका बादलले ‘स्वाद’ लिदै बैद्य र विप्लबलाई यसरी सिध्याउदैछन् !
लडडु खाएर प्रचण्डसँग मिलेका बादलले ‘स्वाद’ लिदै बैद्य र विप्लबलाई यसरी सिध्याउदैछन् !
संसारकै महङगा अभिनेता
संसारकै महङगा अभिनेता
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा प्रचण्डलार्इ वामदेव र माधवको साथ !
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा प्रचण्डलार्इ वामदेव र माधवको साथ !
सम्भवतः जिल्लाकै ठूलो छठ पूजा मेहताको
सम्भवतः जिल्लाकै ठूलो छठ पूजा मेहताको