किन भाँडियो राप्रपा एकता ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २५, २०७५
|
|
४४ पटक हेरिएको
Shares
किन भाँडियो राप्रपा एकता ?

सारांश

  • सहमतिको निकै नजिक पुगेर पनि राप्रपा समूहको एकता अन्तत रोकिएको छ ।
  • राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले अन्तिम समयमा आएर अडान फेरेका कारण राप्रपा समूह बीचको एकता रोकिएको हो ।
  • सोमबार राष्ट्रियसभा गृहबाट एकता घोषणा गर्ने तयारी गरेका कमल थापा नेतृत्वको राप्रपा, राणा नेतृत्वको राप्रपा(प्रजातान्त्रिक) र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा(राष्ट्रवादी)बीचको एकता सहमति नहुन नसक्दा भाँडिएको हो ।

सहमतिको निकै नजिक पुगेर पनि राप्रपा समूहको एकता अन्तत रोकिएको छ । राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले अन्तिम समयमा आएर अडान फेरेका कारण राप्रपा समूह बीचको एकता रोकिएको हो । सोमबार राष्ट्रियसभा गृहबाट एकता घोषणा गर्ने तयारी गरेका कमल थापा नेतृत्वको राप्रपा, राणा नेतृत्वको राप्रपा(प्रजातान्त्रिक) र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा(राष्ट्रवादी)बीचको एकता सहमति नहुन नसक्दा भाँडिएको हो । राजसंस्था मान्ने र चुनाव चिन्ह महाधिवेशनबाट टुंगो लगाउने समिति भएपनि दुवै विषय अहिले नै टुंगो लगाउनुपर्ने अडानका कारण एकता प्रक्रिया धरापमा परेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी)ले गणतन्त्र स्वीकार गरे पनि कमल थापा नेतृत्वको राप्रपा संवैधानिक राजसंस्थाको पक्षमा उभिँदै आएको छ । केही दिनयता तीन पक्षबीच लगातार भएको छलफलमा एकीकृत पार्टीको आधिकारिक लाइन राजसंस्था हुने सहमति भए पनि राणाले दोधारे कुरा गरेको राप्रपाको आरोप छ ।

राणाले आफ्नो पार्टीको चुनाव चिन्ह हलोलाई अहिले नै एकीकृत पार्टीको चिन्हका रुपमा स्वीकार गर्नुपर्ने अडान राखेपछि सोमबारका लागि तय भएको एकतासभा स्थगित गरिएको छ । राप्रपाका एक नेताले तत्कालका लागि पार्टी एकताको ‘च्याप्टर क्लोज’ भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिक निर्वाचन प्रणालीमा कुन दलको कति सिट ?
समानुपातिक निर्वाचन प्रणालीमा कुन दलको कति सिट ?
सरकार उदार भएकैले प्रदेश प्रमुखहरुलाई दुई बर्ष काम गर्न दिएको : प्रचण्ड
सरकार उदार भएकैले प्रदेश प्रमुखहरुलाई दुई बर्ष काम गर्न दिएको : प्रचण्ड
ब्याडमिन्टन प्रतियोगितामा नेपालका जेसिका र रशिलालाई बङ्गलादेशमा रजत
ब्याडमिन्टन प्रतियोगितामा नेपालका जेसिका र रशिलालाई बङ्गलादेशमा रजत
उम्मेदवारले सामाजिक सञ्जालबाट गरिएको विज्ञापन खर्च पनि बुझाउनुपर्ने
उम्मेदवारले सामाजिक सञ्जालबाट गरिएको विज्ञापन खर्च पनि बुझाउनुपर्ने
इस्लामबिरुद्ध घृणा फैलाएको आरोपमा ओबामा प्रशासनका एक अधिकृत पक्राउ
इस्लामबिरुद्ध घृणा फैलाएको आरोपमा ओबामा प्रशासनका एक अधिकृत पक्राउ
गुह्येश्वरी क्षेत्र व्यवस्थित गर्न छुट्टै कार्यालय
गुह्येश्वरी क्षेत्र व्यवस्थित गर्न छुट्टै कार्यालय
अक्षय कुमारको करिअरकै सबैभन्दा ठूलो ओपनर बन्यो ‘मिशन मंगल’, कति कमायो ?
अक्षय कुमारको करिअरकै सबैभन्दा ठूलो ओपनर बन्यो ‘मिशन मंगल’, कति कमायो ?
फेरि बढ्यो हवाई भाडा- कहाँ पुग्न कति सूचिसहित !
फेरि बढ्यो हवाई भाडा- कहाँ पुग्न कति सूचिसहित !
कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै
कृषि क्षेत्रको विकासका लागि विश्व बैंकको नौ अर्ब ४४ करोड प्राप्त हुँदै
भोज खाएर भोट नदिएको भन्दै  झडपमा एकको मृत्यु
भोज खाएर भोट नदिएको भन्दै झडपमा एकको मृत्यु