१८ बुंदे घोषणा पत्र जारी गर्दै बिमस्टेक शिखर सम्मेलन सम्पन्न

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
१८ बुंदे घोषणा पत्र जारी गर्दै बिमस्टेक शिखर सम्मेलन सम्पन्न

सारांश

  •   काठमाडौ ।
  • काठमाडौमा जारी बिमस्टेक शिखर सम्मेलन १८ बुंदे काठमाडौ घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
  • पांचौ विमस्टेक सम्मेलनको अध्यक्षता श्रीलंकालाई सुम्पदै बिमस्टेक सम्मेलन सम्पन्न भएको हो ।

 

काठमाडौ । काठमाडौमा जारी बिमस्टेक शिखर सम्मेलन १८ बुंदे काठमाडौ घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । पांचौ विमस्टेक सम्मेलनको अध्यक्षता श्रीलंकालाई सुम्पदै बिमस्टेक सम्मेलन सम्पन्न भएको हो । बिमस्टेकमा राष्ट्रका परराष्ट्र मन्त्रीहरुले बिमस्टिक ग्रिड स्थापना सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।

 

बिमस्टेक राष्ट्रहरुबीच ऊर्जा आदानप्रदानका लागि ग्रिड स्थापना गर्ने सम्झौता भएको हो।बिमस्टकमा नेपालसँगै भारत, बंगलादेश, भुटान, श्रीलङ्का, म्यानमार र थाइल्याण्ड सदस्य रहेका छन्। नेपाल र भारतबीच विद्युत व्यापार सम्झौता भैसकेको छ। त्यस्तै नेपालले बंगलादेशसँग विद्युत व्यापार सम्झौता गरिसकेको छ।

 

ग्रिड स्थापनाको सम्झौताले नेपाललाई विद्युत व्यापारको बाटो खोलेको छ। १८ बुंदे घोषणा पत्रमा आतंकबाद देखि मानवतस्करी सम्मको बुंदालाई समेटिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?