सिरी ‘ए’ले गर्‍यो भेरोनालाई कारबाही, एक खेल बन्द रंगशालामा खेल्नुपर्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २०, २०७६
|
|
३३ पटक हेरिएको
Shares
सिरी ‘ए’ले गर्‍यो भेरोनालाई कारबाही, एक खेल बन्द रंगशालामा खेल्नुपर्ने

सारांश

  • एजेन्सी ।
  • इटालियन सिरी ए क्लब हेलास भेरोनाले घरेलु मैदानमा हुने एक खेल समर्थकबिना बन्द रंगशालामा खेल्नु पर्ने भएको छ ।
  • भेरोनाका समर्थकहरुले ब्रेसियाका फरवार्ड मारियो बालोटेलीलाई रंगभेदीय दुर्व्यवहार गरेपछि सिरी ए फुटबलले भेरोनालाई कारबाहीस्वरूप एक खेल बन्द रंगशालामा खेल्न निर्देशन दिएको छ ।

एजेन्सी । इटालियन सिरी ए क्लब हेलास भेरोनाले घरेलु मैदानमा हुने एक खेल समर्थकबिना बन्द रंगशालामा खेल्नु पर्ने भएको छ ।

भेरोनाका समर्थकहरुले ब्रेसियाका फरवार्ड मारियो बालोटेलीलाई रंगभेदीय दुर्व्यवहार गरेपछि सिरी ए फुटबलले भेरोनालाई कारबाहीस्वरूप एक खेल बन्द रंगशालामा खेल्न निर्देशन दिएको छ । यस्तै भेरोनाले बालोटेलीलाई दुर्व्यवहार गर्ने आफ्ना समर्थकहरुलाई ११ वर्षको प्रतिबन्ध लगाएको छ ।

सिरी ए लिग अन्तर्गत आइतबार राति भेरोनाविरुद्धको खेलमा बालोटेलीलाई दुर्व्यवहार भएको थियो । भेरोनाको घरेलु मैदानमा विपक्षी टिमका समर्थकले उनलाई दुर्व्यवहार गरेका थिए । जसको कारण खेल केहि समय रोकिएको थियो ।

भेरोनाका समर्थकले बादरको जस्तो आवाज निकाल्दै बालोटेलीलाई जिस्काएका थिए । विपक्षी समर्थकको दुर्व्यवहारपछि बालोटेलीले ५४ औं मिनेटमा बल टिपेर समर्थकतर्फ प्रहार गरेका थिए । र, मैदानको पिच बाहिर निस्किएका थिए । उक्त खेलमा भेरोनाले २–१ को जित निकालेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?