बदलिएको राजनीतिक परिस्थितिमा शिक्षकको भूमिका पनि बदलियो
सारांश
- दाङ, २० माघ ।
- एकीकृत अखिल नेपाल शिक्षक संगठन पाँच नम्बर प्रदेशको प्रथम सम्मेलन उद्घाटन घोराहीमा गरिएको छ ।
- प्रमुख अतिथि नेपाल शिक्षक महासंघका राष्ट्रिय सहअध्यक्ष एवं संगठनका पूर्वअध्यक्ष रत्नबहादुर ओलीले सम्मेलन उद्घाटन गरेका हुन् ।
दाङ, २० माघ । एकीकृत अखिल नेपाल शिक्षक संगठन पाँच नम्बर प्रदेशको प्रथम सम्मेलन उद्घाटन घोराहीमा गरिएको छ ।
प्रमुख अतिथि नेपाल शिक्षक महासंघका राष्ट्रिय सहअध्यक्ष एवं संगठनका पूर्वअध्यक्ष रत्नबहादुर ओलीले सम्मेलन उद्घाटन गरेका हुन् । सो क्रममा ओलीले अबको शैक्षिक आन्दोलन नयाँ ढंगले सोच्नुपर्ने बताए । “बदलिएको राजनीतिक परिस्थितिमा शिक्षकको भूमिका पनि बदलिएको छ । समाजवादी शिक्षा नीतिमा बहस चलाउनुपर्ने आवश्यक भएको छ”, सहअध्यक्ष ओलीले भने ।
बिशिष्ठ अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य जगप्रसाद शर्मा ‘अपार’ले समाजवादी क्रान्तिका लागि शिक्षकहरुले सहयोग गर्नुपर्ने बताए । संगठनका बरिष्ठ उपाध्यक्ष शंकरप्रसाद अधिकारीले सामुदायिक विद्यालयलाई राम्रो बनाउन राज्यले लगानी बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा माओवादीका केन्द्रीय सचिवालय सदस्य एवं शिक्षक संगठनका प्रदेश फ्रयाक्सन इञ्चार्ज हकिकुल्लाह खाँ, दाङ इञ्चार्ज जीवन गौतम, प्रदेशसभा सदस्य दामा शर्मा, संगठनका ७ नम्बर प्रदेश इञ्चार्ज कृष्णदत्त जोशी, नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य अरुणकुमार शर्मा, नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय सदस्य कमल पोख्रेल, प्रेस सेन्टरका केन्द्रीय सदस्य नरेन्द्र केसी र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सन्तोष पोख्रेलले शुभकामना दिएका थिए ।
प्रदेश इञ्चार्ज बसन्तराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मदन शर्मा र स्वागत प्रदेश सहइञ्चार्ज मानबहादुर पाण्डेले गरेका थिए । सम्मेलनमा प्रदेशअन्तर्गत १२ जिल्लाका प्रतिनिधि, पर्यवेक्षकको उपस्थिति थियो । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रतिक्रिया