जनकपुर-जयनगर रेल वैशाखदेखि
सारांश
- काठमाडौं ।
- आगामी नयाँ वर्षदेखि जनकपुर-जयनगर रेल सेवा सञ्चालन हुने भएको छ ।
- सरकारको रेल खरीद प्रक्रिया अन्तिम चरणमा पुगेकाले जनकपुर-जयनगर रेल सेवा सञ्चालन गर्न लागेको बताइएको छ ।
काठमाडौं । आगामी नयाँ वर्षदेखि जनकपुर-जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । सरकारको रेल खरीद प्रक्रिया अन्तिम चरणमा पुगेकाले जनकपुर-जयनगर रेल सेवा सञ्चालन गर्न लागेको बताइएको छ ।
रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरीद प्रक्रिया अन्तिम चरणमा रहेकाले आगामी वैशाखबाट जनकपुर जयनगर रेल सञ्चालनमा आउने बताए । चालू आर्थिक वर्षको मंसिरदेखि जनकपुरको कुर्थाबाट भारतको जयनगरसम्म रेल सञ्चालन हुने भनिएपनि ट्रयाक निर्माणलगायतका काम सम्पन्न नभएकाले निर्धारित समयमा रेल सेवा सञ्चालन हुन सकेको थिएन ।
अहिले सबै निर्माणका काम अन्तिम चरणमा रहेको हुँदा कुर्थादेखि जयनगरसम्मको ३५ किलोमिटरमा रेल गुड्ने महानिर्देशकको भनाइ छ । रेलले एक घण्टाको समयमा जयनगर कुर्थाको दूरी पार गर्ने बताए । पाँच सय यात्रु बोक्ने रेलले दैनिक त्यस स्थानमा सेवा दिने मिश्रले बताए ।
प्रतिक्रिया