शीतल निवासमा रातमा गोप्य बैठक

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
शीतल निवासमा रातमा गोप्य बैठक

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आइतबार साँझ शीर्ष नेता शीतल निवासमा पुगेका छन्।
  • साँझ पाँच बजेपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति विजयकुमार गच्छदार राष्ट्रपति निवासमा पुगेका हुन्।
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आइतबार साँझ शीर्ष नेता शीतल निवासमा पुगेका छन्। साँझ पाँच बजेपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति विजयकुमार गच्छदार राष्ट्रपति निवासमा पुगेका हुन्।
नेताहरुले राष्ट्रपति भण्डारीसँग समसामयिक विषयमा छलफल गरेको शीतल निवास स्रोतले जानकारी दिएको छ। राष्ट्रपति भण्डारीको निमन्त्रणामा सत्तापक्षका दुई र प्रमुख प्रतिपक्षी दलका दुई शीर्ष नेता शीतल निवास पुगेका हुन्।
राष्ट्रपतिको निमन्त्रणामा सभापति देउवा शीतल निवासमा गएको उनका सहयोगी भानु देउवाले पुष्टि गरे। ‘राष्ट्रपतिसँग पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ’, उनले भने।
यता बालुवाटार स्रोतले समेत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताएको छ। राष्ट्रपति र प्रधानमन्त्रीका सचिवालयले छलफलका विषय खुलाउन चाहेनन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकासका लागि पूर्वाधार निर्माण पहिलो सर्त : प्रधानमन्त्री दाहाल
विकासका लागि पूर्वाधार निर्माण पहिलो सर्त : प्रधानमन्त्री दाहाल
स्ववियु निर्वाचन : एमाले निकट अखिल ७८ वटा क्याम्पसमा बिजयी (सुचीसहित)
स्ववियु निर्वाचन : एमाले निकट अखिल ७८ वटा क्याम्पसमा बिजयी (सुचीसहित)
चुच्चे रेलमा काठमाडाैंदेखि तरार्इसम्म  !
चुच्चे रेलमा काठमाडाैंदेखि तरार्इसम्म !
नेकपा कमिटी बैठकमा प्रचण्डको ब्रिफिङ : स्थायी कमिटी सदस्यको हातमा ओली र प्रचण्डको प्रस्ताव
नेकपा कमिटी बैठकमा प्रचण्डको ब्रिफिङ : स्थायी कमिटी सदस्यको हातमा ओली र प्रचण्डको प्रस्ताव
कँडेलले न्याय पाउनुहुन्छ : मन्त्री गुरुङ
कँडेलले न्याय पाउनुहुन्छ : मन्त्री गुरुङ
के सरकारका सल्लाहकार गलतै छन् त !
के सरकारका सल्लाहकार गलतै छन् त !
राजपा पार्टी कार्यालय तोडफोड
न्यायाधीश सम्मेलन : न्यायाधीश आचरणदेखि जनआस्था बढाउन छलफल हुने
न्यायाधीश सम्मेलन : न्यायाधीश आचरणदेखि जनआस्था बढाउन छलफल हुने
बाढीले घरमा क्षति तथा जनजीवन प्रभावित
बाढीले घरमा क्षति तथा जनजीवन प्रभावित
अाक्रामक शैलिमा उत्रदै युवासंघ , २ नंम्बर प्रदेशमा पनि एमाले पहिलो हुने अध्यक्ष  पहारीको ; दाबि,
अाक्रामक शैलिमा उत्रदै युवासंघ , २ नंम्बर प्रदेशमा पनि एमाले पहिलो हुने अध्यक्ष पहारीको ; दाबि,

तपाईंले छुटाउनुभयो कि?