बसमा भेटियो २८ वटा मरेका खसीबोका
सारांश
- काठमाडौं, असोज ५ – पशुपन्छी विकास मन्त्रालयको अनुगमन टोलीले काठमाडौँको नागढुंगामा २८ वटा मरेका खसीबोका फेला पारेको छ ।
- पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वको अनुगमन टोलीले नेपालगञ्जबाट आउँदै गरेको ना ५ ख १६८३ नम्बरको बसको डिक्कीबाट मरेका खसीबोका फेला पारेको हो ।
- नागढुंगा प्रहरी प्रभागका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरका अनुसार बसमा रहेका ४१ वटामध्ये २८ मरेका भेटिएका हुन् ।
काठमाडौं, असोज ५ – पशुपन्छी विकास मन्त्रालयको अनुगमन टोलीले काठमाडौँको नागढुंगामा २८ वटा मरेका खसीबोका फेला पारेको छ । पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वको अनुगमन टोलीले नेपालगञ्जबाट आउँदै गरेको ना ५ ख १६८३ नम्बरको बसको डिक्कीबाट मरेका खसीबोका फेला पारेको हो ।
नागढुंगा प्रहरी प्रभागका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरका अनुसार बसमा रहेका ४१ वटामध्ये २८ मरेका भेटिएका हुन् । खसीबोका ल्याउनेलाई कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया