राउण्ड टेबल नेपाल र नेपाल मेडिसिटी अस्पतालबीच सेवा आदानप्रदानको सम्झौता

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
राउण्ड टेबल नेपाल र नेपाल मेडिसिटी अस्पतालबीच सेवा आदानप्रदानको सम्झौता

सारांश

  • काठमाडौं, २७ असार ।
  • राउण्ड टेबल नेपाल र नेपाल मेडिसिटी अस्पतालबीच सेवा आदान–प्रदानको सम्झौता भएको छ ।
  • राउण्ड टेबल नेपालको केन्द्रीय कार्यालय टेकुमा नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र राउण्ड टेबल नेपालका अध्यक्ष जयन्त अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेपछि मेडिसिटी र राउण्ड टेबलबीच सहकार्य गर्ने सम्झौता भएको हो ।

काठमाडौं, २७ असार । राउण्ड टेबल नेपाल र नेपाल मेडिसिटी अस्पतालबीच सेवा आदान–प्रदानको सम्झौता भएको छ । राउण्ड टेबल नेपालको केन्द्रीय कार्यालय टेकुमा नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र राउण्ड टेबल नेपालका अध्यक्ष जयन्त अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरेपछि मेडिसिटी र राउण्ड टेबलबीच सहकार्य गर्ने सम्झौता भएको हो ।

राष्ट्रको विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहनेमा विशेष विश्वास गर्ने राउण्ड टेबल नेपाल र स्वदेशमै सम्पूर्ण उपचार सम्भव रहेकोमा विश्वास गर्ने नेपाल मेडिसिटीबीच बुधबार सम्झौता भएको हो । देशका विभिन्न स्थानको प्रतिनिधित्व गर्दै ४५० भन्दा बढी युवा एवं पुरुष सदस्य रहेको राउण्ड टेबल नेपालका सदस्य र सदस्यका परिवारलाई सम्झौतापश्चात नेपाल मेडिसिटीले १० प्रतिशत छुट प्रदान गर्ने भएको छ । सामाजिक सेवा गर्र्दै आएको राउण्ड टेबल नेपालका अभियानमा स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल तयार रहेको छ ।

ललितपुरमा रहेको नेपालकै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने सुविधासम्पन्न अस्पतालले देशैभरका नागरिकसम्म उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेकोमा यस सम्झौताले विशेष भूमिका खेल्ने विश्वास असपतालका महाप्रबन्धक विजय रिमालले बताए । त्यस्तै, सम्झौतापश्चात राउण्ड टेबल नेपालका अध्यक्ष अग्रवालले उपत्यका बाहिर रहेका मानिसहरुलाई पनि अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा प्रदान गराउन आफूले पनि साथ दिने बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?