चारपटक प्रधानमन्त्री भएका देउवालाई प्रदीप पौडेलको यस्तो खरो प्रश्न

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १८, २०७४
|
|
३९ पटक हेरिएको
Shares
चारपटक प्रधानमन्त्री भएका देउवालाई प्रदीप पौडेलको यस्तो खरो प्रश्न

सारांश

  • काठमाडौं, १८ फागुन ।
  • नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य प्रदीप पौडेलले चारपटकसम्म प्रधानमन्त्री भइसकेका पार्टी सभापति शेरबहादुर देउवा किन संसदीय दलको नेता बन्नुपर्यो ?
  • भनी प्रश्न गरेका छन् ।

काठमाडौं, १८ फागुन । नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य प्रदीप पौडेलले चारपटकसम्म प्रधानमन्त्री भइसकेका पार्टी सभापति शेरबहादुर देउवा किन संसदीय दलको नेता बन्नुपर्यो ? भनी प्रश्न गरेका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६ ले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै युवा नेता पौडेलले त्यस्तो धारणा राखेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस कमजोर मनोविज्ञानका साथ निर्वाचनमा गएकाले कमजोर नतिजा ल्याएको औंल्याए । नेता पौडेलले चारपटक प्रधानमन्त्री भएका काँग्रेसका सभापतिलाई प्रधानमन्त्री नहुने अवस्थामा किन संसदीय दलको नेता बन्नुप¥यो भनेर प्रश्नसमेत गरेका थिए । “काँग्रेस हराउन काँग्रेस तयार हुन्छ तर काँग्रेस जिताउन काँग्रेस किन तयार हुँदैन ?”, उनको थप प्रश्न थियो ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ६ का सांसद भीमसेनदास प्रधानले आमजनताबीच कांग्रेसप्रति हीनताबोध हुँदै गएको भन्दै पार्टी पराजयबारे कांग्रेसभित्र गम्भीर समीक्षा आवश्यक रहेको बताए । “सत्तरी वर्ष नाघेका व्यक्ति पार्टी संसदीय दलको नेतामा लड्नु हुँदैन । नयाँलाई अवसर दिनुपर्छ”, उनले भने ।

प्रदेश सांसद जीवन डंगोल, क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, क्षेत्रीय सचिव एवं काठमाडौँ महानगरपालिका– २६ का अध्यक्ष ख्याम तिवारीलगायतले इमान्दार कार्यकर्ताको हातमा पार्टी नपुगेसम्म कांग्रेसले पुनर्जीवन पाउन नसक्ने बताए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Gopal Sedai

    Where is congress? I never found.

    Comment Author

    Indra Bk

    Hagi Pani sako ,bato dekho buddi aayax aaile kangresh neta ko,very late

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?