पूर्वकप्तान सन्दीप लामिछानेलाई क्यानले गर्याे निलम्बन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २६, २०८०
|
|
२४ पटक हेरिएको
Shares
पूर्वकप्तान सन्दीप लामिछानेलाई क्यानले गर्याे निलम्बन

सारांश

  • काठमाडौं ।
  • बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा नियमित सदस्य सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ ।
  • बुधबार जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा ८ वर्ष जेल र ५ लाख जरिवाना सुनाएपछि क्यानले आज लामिछानेलाई निलम्बन गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा नियमित सदस्य सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ ।

बुधबार जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा ८ वर्ष जेल र ५ लाख जरिवाना सुनाएपछि क्यानले आज लामिछानेलाई निलम्बन गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

चन्दले फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारणसमेत भएकाले लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?