‘सुनकेसरी’ टिजर सार्वजनिकः हेर्नुहोस् ऋचाको हरर रुप
सारांश
- काठमाडौं, ५ फागुन ।
- नायिका ऋचा शर्माले निर्माण गरेको दोस्रो चलचित्र ‘सुनकेसरी’ को टिजर सार्वजनिक भएको छ।
- ऋचाले नै मुख्य भूमिका निर्वाह गरेको ‘सुनकेसरी’को टिजरलाई हलिउड स्टाइलकको बनाउने प्रयास गरिएको छ।
काठमाडौं, ५ फागुन । नायिका ऋचा शर्माले निर्माण गरेको दोस्रो चलचित्र ‘सुनकेसरी’ को टिजर सार्वजनिक भएको छ।
ऋचाले नै मुख्य भूमिका निर्वाह गरेको ‘सुनकेसरी’को टिजरलाई हलिउड स्टाइलकको बनाउने प्रयास गरिएको छ। यसमा ऋचा भूतको भूमिकामा देखिएकी छन्। चलचित्रमा देखिएको ऋचाको रुपले सबैलाई चकित बनाउँछ।
अपर्ण थापाद्वारा निर्देशित यो चलचित्रमा ऋचाका अलवा भीम न्यौपाने, रवीन्द्र झा आदिको अभिनय रहेको छ। यो चलचित्रको अष्ट्रेलिया र नेपालमा छायांकन गरिएको छ। ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो फिल्म निर्माण गरेकी हुन्।
‘सुनकेसरी’मा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भूतप्रेतबीचको गतिविविलाई मुख्य कथा बनाइएको हो।
फिल्म जेठ ११ जतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ।
प्रतिक्रिया