बाँकेमा डढेलो ‘दस्ता’ निर्माण गरिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३, २०७९
|
|
२७ पटक हेरिएको
Shares
बाँकेमा डढेलो ‘दस्ता’ निर्माण गरिने

सारांश

  • नेपालगञ्ज ।
  • बाँकेका विभिन्न वनमा जथाभावी हुने डढेलो नियन्त्रणका लागि विभिन्न ठाउँमा वन डढेलो ‘दस्ता’ निर्माण गरिने भएको छ ।
  • कुनै कारणबस डढेलो लागेपछि त्यसलाई नियन्त्रण गर्न स्थानीय समुदाय र सरकारी निकाय एकैपटक खट्ने प्रबन्धका लागि सो दस्ताले काम गर्ने जिल्ला वन कार्यालयले जनाएको छ ।

नेपालगञ्ज । बाँकेका विभिन्न वनमा जथाभावी हुने डढेलो नियन्त्रणका लागि विभिन्न ठाउँमा वन डढेलो ‘दस्ता’ निर्माण गरिने भएको छ ।

कुनै कारणबस डढेलो लागेपछि त्यसलाई नियन्त्रण गर्न स्थानीय समुदाय र सरकारी निकाय एकैपटक खट्ने प्रबन्धका लागि सो दस्ताले काम गर्ने जिल्ला वन कार्यालयले जनाएको छ । उनीहरुलाई डढेलो नियन्त्रण गर्न विभिन्न तालिम दिएर सक्षम बनाइने जिल्ला वन कार्यालयका सहायक वन अधिकृत गणेशबहादुर खड्काले जानकारी दिए ।

उनले वन डढेलो लाग्न नदिन प्रचारप्रसारलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै सामुदायिक वनका उपभोक्ता, स्थानीय बासिन्दा, वन रक्षक, प्रहरीलगायत सरोकारवाला निकायकोे सहभागितामा जनचेतामूलक कार्यक्रम सञ्चालन हुने बताए । “डढेलोका कारण वन्यजन्तुको बासस्थानदेखि काठ दाउरा, जैविक प्रणालीमा नै ठूलो क्षति हुने गरेको छ”, उनले भने। उनले डढेलो नियन्त्रणका लागि डढेलो नियन्त्रण सञ्जालसमेत गठन हुने जानकारी दिँदै त्यसबाट विभिन्न सामुदायिक वन भएका गाउँमा डढेलो लाग्न नदिन प्रचारप्रसारका काम हुने बताए ।

उनले डढेलो नियन्त्रण तथा न्यूनीकरणका लागि जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समूहको ठूलो योगदान हुने उल्लेख गर्दै उपभोक्ता समितिको क्षेत्राधिकारभित्र कार्यक्रम बनाउने र कार्यक्रम लागू गर्न वन कार्यालयले सहयोग गर्ने जनाए । सो सञ्जालमा स्थानीय उपभोक्ता समिति, वनकर्मीलगायतका सरोकार भएका निकाय रहनेछन् । आगलागी बढी हुने क्षेत्रमा गठन हुने उक्त सञ्जालले डढेलो लाग्न नदिन विभिन्न क्रियाकलाप सञ्चालन गर्ने र डढेलो लागेको अवस्थामा सबैको सहभागितामा नियन्त्रणमा ल्याउने प्रयास गर्नेछ । बाँकेमा गठन भएका प्रत्येक सञ्जालले आठदेखि १० सेटसम्म ‘फायर फाइटिङ’ उपकरणसमेत प्रयोगमा ल्याउने बताइएको छ ।

डढेलो लागेपछि फिल्डमा खट्नेका लागि विभिन्न पोशाककोसमेत प्रबन्ध गरिएको छ । हरेक वर्ष चैत पहिलो हप्तालाई वन डढेलो नियन्त्रण सप्ताहका रुपमा मनाउँदै आएको जिल्ला वन कार्यालयले शून्य वन डढेलो अभियानलाई केन्द्रित गरेर सर्तकता अपनाएको छ । जिल्लाको राप्तीसोनारीको पूर्वी क्षेत्र विनौना, फत्तेपुर, चुरे क्षेत्र, नरैनापुर, डुडुवालगायतका वनमा धेरै डढेलो लाग्ने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेश सरकारको वन डढेलो नियन्त्रण कार्यक्रम बाँकेबाट सुरु गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनजिओ बनेका यातायात समितिले राज्यलाई एक रुपियाँ पनि कर तिर्दैनन्
प्रदेश नम्बर २ को राजधानी जनकपुर बनाउने सहमति
प्रदेश नम्बर २ को राजधानी जनकपुर बनाउने सहमति
सरकारले १ लाख जनालाई रोजगारी दिने यस्तो छ तयारी
सरकारले १ लाख जनालाई रोजगारी दिने यस्तो छ तयारी
रविलाई काठमाडौं प्रहरीको हिरासतमा तीन दिन राखिने
रविलाई काठमाडौं प्रहरीको हिरासतमा तीन दिन राखिने
प्रकाश दाहालको नाममा विदेशको कुनै पनि बैंक खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती
प्रकाश दाहालको नाममा विदेशको कुनै पनि बैंक खाता र पैसा रहेको प्रमाणित गर्न चुनौती
हिउँ र पानी नपर्दा म्याग्दीका २५ ठाउँमा डढेलो
हिउँ र पानी नपर्दा म्याग्दीका २५ ठाउँमा डढेलो
कहाँ बाट आउछ साउदी अरबमा पिउने पानी ?
कहाँ बाट आउछ साउदी अरबमा पिउने पानी ?
सर्वोच्चद्वारा अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न मेयर बालेन्द्रलाई  आदेश
सर्वोच्चद्वारा अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न मेयर बालेन्द्रलाई आदेश
राज्यले गोबिन्दको वालवालिकालाई हेरेन भने पढाउने जिम्मा हामी लिन्छौं:खड्का
राज्यले गोबिन्दको वालवालिकालाई हेरेन भने पढाउने जिम्मा हामी लिन्छौं:खड्का
आइपीएल: लखनउको पहिलो जित, चेन्नईको लगातार दोस्रो हार
आइपीएल: लखनउको पहिलो जित, चेन्नईको लगातार दोस्रो हार

तपाईंले छुटाउनुभयो कि?