सरिता गिरी समाजवादीबाट बर्खास्त, गयो सांसद पद पनि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २३, २०७७
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • समाजवादी पार्टी, नेपालले सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाएको छ ।
  • आज मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको एक नेताले जानकारी दिए ।
  • ती नेताका अनुसार पदाधिकारी बैठकमा गिरीलाई सांसद पदबाट हटाइएको जानकारी निर्वाचन आयोग र संसद सचिवालयलाई दिने निर्णय भएको छ ।

समाजवादी पार्टी, नेपालले सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाएको छ । आज मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार पदाधिकारी बैठकमा गिरीलाई सांसद पदबाट हटाइएको जानकारी निर्वाचन आयोग र संसद सचिवालयलाई दिने निर्णय भएको छ ।

नयाँ नक्सा अनुसार निशान छाप परिमार्जनका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराउँदा गिरीले सो विधेयक फिर्ता लिनका लागि जेठ २८ गते संसद सचिवालयमा व्यक्तिगत संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । पछि सभामुख अग्नि प्रसाद सापकोटाले उनको प्रस्ताव स्वतः खारेज भएको कुरा सदनलाई जानकारी गराएका थिए । निशान छाप परिमार्जन लागि भएको संविधान संशोधनको मतदान बैठकसमेत उनले बहिष्कार गरेक थिईन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?