बाँकेमा बाढीले घर भत्किँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २८, २०७४
|
|
१४ पटक हेरिएको
Shares
बाँकेमा बाढीले घर भत्किँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु

सारांश

  • नेपालगन्ज ।
  • अविरल वर्षापछि आएको बाढीमा परेर बाँकेमा ४ जनाको ज्यान गएको छ ।
  • बाढीले गावर खोला र गढौली नाकाको पुलसमेत बगाएको छ ।

नेपालगन्ज । अविरल वर्षापछि आएको बाढीमा परेर बाँकेमा ४ जनाको ज्यान गएको छ । बाढीले गावर खोला र गढौली नाकाको पुलसमेत बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले दिएको जानकारी अनुसार, बाँकेको राप्ती सोनारी–४ लालपुरमा बाढीको पानी पसेर घर भत्किँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको छ । बाढीले कबिराज थारुको घर भत्कँदा १२ वर्षीया अञ्जु थारु, ९ वर्षीया सरिता थारु र ७ वर्षीया सुस्मिता थारुको ज्यान गएको हो ।

बाढीमा डुबेको अवस्थामा एक पुरुषको शव भेटिए पनि सनाखत हुन सकेको छैन ।

प्रहरी उपरीक्षक तामाङले घटनास्थलमा उद्दारको लागि प्रहरी परिचालन गरिएको बताए । बाँकेमा राप्तीनदीको सतह बढ्दा बाँकेको डुडुवा गाउपालिकाको होलिया बेतहनी लगायतका विभिन्न क्षेत्रहरु डुबानमा परेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?