स्थायी शान्ति र समृद्धिका आधार निर्माण गर्नुपर्नेमा जोड

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
स्थायी शान्ति र समृद्धिका आधार निर्माण गर्नुपर्नेमा जोड

सारांश

  • काठमाडौँ, १३ कात्तिक  आगामी मंसिरमा हुने दुवै तहका चुनाव सम्पन्न भएपछि स्थायी शान्ति र समृद्धिका आधार निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।
  • त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले आज आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताहरुले मुलुकमा संविधान कार्यान्वयनसँगै दण्डहीनताको अन्त्य तथा विधिको शासन प्रभावकारीरुपमा कार्यान्वयन गरी देश र जनतालाई समृद्ध बनाउन सकिने औँल्याउनुभयो ।
  • त्रिविका शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले अब देशमा कस्तो जनशक्ति उत्पादन गर्ने हो त्यसैका आधारमा सीपमूलक, व्यावसायिक शिक्षाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ, १३ कात्तिक  आगामी मंसिरमा हुने दुवै तहका चुनाव सम्पन्न भएपछि स्थायी शान्ति र समृद्धिका आधार निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले आज आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताहरुले मुलुकमा संविधान कार्यान्वयनसँगै दण्डहीनताको अन्त्य तथा विधिको शासन प्रभावकारीरुपमा कार्यान्वयन गरी देश र जनतालाई समृद्ध बनाउन सकिने औँल्याउनुभयो ।

त्रिविका शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले अब देशमा कस्तो जनशक्ति उत्पादन गर्ने हो त्यसैका आधारमा सीपमूलक, व्यावसायिक शिक्षाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

त्रिवि मानविकी संकायका डिन प्रा डा शिवलाल भुसालले विदेशीले विभिन्न स्वार्थ र आशयबाट गरिएका मुलुकलाई गरेका सहयोगलाई बन्द गरी पूर्वाधार निर्माण तथा संरचनागत विकासमा स्थानीय तहलाई सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका संयोजक प्रा डा हेमराज सुवेदीले सामाजिक न्याय र वितरण प्रणालीमा सन्तुलन नहुँदा मुलुकमा भ्रष्टाचार बढ्दै गएको त्यसलाई न्यूनीकरण नगरी विकास सम्भव नरहेको विचार व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा नरबहादुर थापाले शान्ति निर्माणमा आर्थिक नीतिको भूमिका, डा खड्ग केसीले वैदेशिक नीति र प्रा विन्दु पोखरेलले नेपालमा द्वन्द्वपछिको शान्ति प्रक्रियामा महिलाको सहभागिता विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफैँले चलाएको गोली लागेर सैनिक घाइते
आफैँले चलाएको गोली लागेर सैनिक घाइते
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
आयोगको चेतावनी, कात्र्तिक ५ गतेभित्र जरिवाना नबुझाए उम्मेदवारी खारेज
आयोगको चेतावनी, कात्र्तिक ५ गतेभित्र जरिवाना नबुझाए उम्मेदवारी खारेज
चाँगुनारायण नगरपालिकाको विकासमा लागी पर्छु :  राजाराम खड्का,नेपाली काँग्रेस
चाँगुनारायण नगरपालिकाको विकासमा लागी पर्छु : राजाराम खड्का,नेपाली काँग्रेस
सरकारी कर्मचारीले सामुदायिक विद्यालयमा छोराछोरी पढाउनुपर्ने कानुन बन्यो
सरकारी कर्मचारीले सामुदायिक विद्यालयमा छोराछोरी पढाउनुपर्ने कानुन बन्यो
अन्तर्राष्ट्रिय श्रमिक दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै
अन्तर्राष्ट्रिय श्रमिक दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै
प्रधानमन्त्रीले सम्बोधन गर्न खोज्दा कांग्रेसद्वारा रोष्ट्रम घेराउ
प्रधानमन्त्रीले सम्बोधन गर्न खोज्दा कांग्रेसद्वारा रोष्ट्रम घेराउ
टिकटक प्रतिबन्ध बिरुद्धको रिटमा आजबाट सुनवाई हुने
टिकटक प्रतिबन्ध बिरुद्धको रिटमा आजबाट सुनवाई हुने
मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पाण्डे
मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पाण्डे
सञ्चार सचिव राउतसहितको बन्दी प्रत्यक्षीकरणको पेशी आज
सञ्चार सचिव राउतसहितको बन्दी प्रत्यक्षीकरणको पेशी आज

तपाईंले छुटाउनुभयो कि?