प्रहरीको बिजोग- टहरामै छ प्रहरीचौकी

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २९, २०७४
|
|
२८ पटक हेरिएको
Shares
प्रहरीको बिजोग- टहरामै छ प्रहरीचौकी

सारांश

  • काठमाडौं, २९ माघ – मुगुको चैनागाउँ प्रहरी चौकी मन्दिर परिसरभित्र छ।
  • भवन नभएपछि मन्दिरभित्रको टहरोमा प्रहरीले दिन काटिरहेका छन्।
  • शंकास्पद व्यक्ति समातिँदा जिल्ला प्रहरी कार्यालय पुर्‍याउनुपर्ने बाध्यता छ।

काठमाडौं, २९ माघ – मुगुको चैनागाउँ प्रहरी चौकी मन्दिर परिसरभित्र छ। भवन नभएपछि मन्दिरभित्रको टहरोमा प्रहरीले दिन काटिरहेका छन्। शंकास्पद व्यक्ति समातिँदा जिल्ला प्रहरी कार्यालय पुर्‍याउनुपर्ने बाध्यता छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

सल्यानको लुमाहस्थित इलाका प्रहरी कार्यालय शिवालय मन्दिरको जग्गामा छ। जग्गा नपाएपछि प्रहरीले मन्दिरको जग्गामा कार्यालय राखेको हो।

झापा किचकबधस्थित प्रहरी चौकीको हालत पनि उस्तै छ। किचकबध संरक्षण समिति भवनमा प्रहरी कार्यालय छ। स्थानीयले प्रहरीलाई समिति भवन दिएका हुन्। पाँचथरको च्याङथापु सीमा प्रहरी चौकी भाडाको घरमा छ। पाँचथरका अधिकांश प्रहरी भवन भाडामै छन्।

प्रहरी कार्यालयको बिजोगका यी नमुना मात्रै हुन्। देशभर दुई हजार पाँच सय सात वटा प्रहरी इकाइ छन्। तीमध्ये ६ सय १२ वटा इकाइमा प्रहरीको जग्गा छैन। एक हजार एक सय ५३ वटाको कार्यालय भवन छैन। भवन भएका ठाउँमा पनि एक हजार एक सय ७७ वटा इकाइमा ब्यारेक छैन। दिनभर ड्युटीमा खटेपछि राति आराम गर्ने ब्यारेक नहुँदा प्रहरी जहाँ सजिलो पर्‍यो, त्यहीँ सुत्दै आएका छन्।

मुगु, हुम्ला, जुम्ला, कालिकोट, मनाङलगायत जिल्लामा त जाडोयाममा दाउरा किन्ने पैसासमेत नहुँदा प्रहरीले स्थानीयसँग मागेर जोहो गर्दै आएका छन्।

प्रहरी मुख्यालयका अनुसार एक हजार दुई सय ४४ वटा इकाइमा खाना पकाउने मेस नहुँदा छाप्रोबाटै गुजारा चलाउँदै आएका छन्। अचम्म त प्रहरीका एक हजार एक सय ३९ वटा भवनमा शौचालय नै छैनन्। उनीहरू खाली जग्गामा पालले बेरेर शौच गर्न बाध्य छन्।

सशस्त्र द्वन्द्वमा सात सय ३८ वटा प्रहरी भवन क्षतिग्रस्त भएको थियो। तीमध्ये तीन सय ३६ वटा भवन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको शान्तिकोषबाट निर्माण गरिएको छ। अझै चार सय एक भवन बन्न बाँकी छ। विनाशकारी भूकम्पले एक सय ९६ वटा भवन भत्कियो। पुनर्निर्माण प्राधिकरणले एक सय तीनवटा भवन बनाइरहेको छ। तीनवटा सम्पन्न भइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?