यस्तो बन्दै छ काठमाडौं महानगरपालिकाको नयाँ भवन !हेर्नुहोस फोटोफिचर सहित

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
यस्तो बन्दै छ काठमाडौं महानगरपालिकाको नयाँ भवन !हेर्नुहोस फोटोफिचर  सहित

सारांश

  • काठमाडौं : भूकम्पले काम नलाग्ने गरी क्षतिग्रस्त भएको बागदरबार परिसरको हरि भवन भत्काई काठमाडौं महानगरपालिकाले कार्यालय प्रयोजनका लागि तीन भिन्न मोहडाको सम्मि श्रण गरी नयाँ भव्य भवन बनाउने भएको छ।
  • पहिलो मोहडा ऐतिहासिक बागदरबार भवनको स्वरुप झल्कने गरी तीन तलाको हुनेछ भने दोस्रो मोहडा लिच्छवीकालीन परम्परागत शैली (पूर्ण मल्लकालीन स्वरुप) मा साढे ६ तलाको हुनेछ।
  • तेस्रो मोहडा अत्याधुनिक शैलीमा महानगरपालिकाको पहिचान दिने १५ तले टावर हुनेछ जसबाट काठमाडौं उपत्यकाको दृष्य हेर्न, विभिन्न हिम श्रृंखलाको दृष्यावलोकन गर्न र विपद् व्यवस्थापन गर्न प्रयोग हुने किसिमले निर्माण गरिनेछ।

काठमाडौं : भूकम्पले काम नलाग्ने गरी क्षतिग्रस्त भएको बागदरबार परिसरको हरि भवन भत्काई काठमाडौं महानगरपालिकाले कार्यालय प्रयोजनका लागि तीन भिन्न मोहडाको सम्मि श्रण गरी नयाँ भव्य भवन बनाउने भएको छ।पहिलो मोहडा ऐतिहासिक बागदरबार भवनको स्वरुप झल्कने गरी तीन तलाको हुनेछ भने दोस्रो मोहडा लिच्छवीकालीन परम्परागत शैली (पूर्ण मल्लकालीन स्वरुप) मा साढे ६ तलाको हुनेछ।

तेस्रो मोहडा अत्याधुनिक शैलीमा महानगरपालिकाको पहिचान दिने १५ तले टावर हुनेछ जसबाट काठमाडौं उपत्यकाको दृष्य हेर्न, विभिन्न हिम श्रृंखलाको दृष्यावलोकन गर्न र विपद् व्यवस्थापन गर्न प्रयोग हुने किसिमले निर्माण गरिनेछ। सोही भवनमा आइटी पार्क, अन्तर्राष्ट्रिय कुटनीतिक बैठक, सेमिनार र सभासम्मेलन गर्ने हलहरुसमेत हुनेछन्।

महानगरपालिकाको भवनभित्र पौराणिक कालदेखि लोपहुँदै गएका सम्पदा, पुरातात्विक महत्वका वस्तुहरुको संरक्षण गर्ने उद्देश्यले व्यवस्थित संग्रहालय बनाइनेछ भने महानगर परिसरमै पौराणिक ढुंगेधारा र व्यवस्थित पाटी पौवा बनाइनेछ। काठमाडौंमा लोप हुँदै गएका पुरातात्विक चोकहरुको पूर्णस्वरुप झल्कने गरी चारवटा परम्परागत मल्लकालीन शैलीका चोक पनि भवनभित्र हुनेछन्। पाटीपौवाको प्रयोग विदेशी पाहुनाका लागि नेपाली परम्पराअनसार सम्मान र सत्कार गर्न र भजन तथा नृत्यका लागि उपयोग गरिनेछ। यस्तै सेवाग्राहीको सुविधाका लागि आकस्मिक स्वास्थ्य उपचार कक्षसमेत बनाइनेछ।

इन्जिनियर प्रेमबहादुर श्रेष्ठले मंगलबार सञ्चारकर्मीलाई भवन योजनाबारे जानकारी दिँदै भने, ‘भूमिगत तलामा एक सय ५० गाडी र ३ सय मोटरसाइकल रहने ठाउँ हुनेछ भने भविष्यमा थप दुई सय कार पार्किङ गर्न मिल्ने सुविधा हुनेछ।’ १५ तले टावरको टुप्पोसम्म पुग्ने लिफ्ट हुनेछ भने कार्यपालिका, न्यायिक समिति, इजलास, मेलमिलाप कक्ष आदिको व्यवस्थित हल हुनेछन्। उनका अनुसार, दुई लाख वर्गफुटमा ४२ महिनाभित्र निर्माण सम्पन्न गरिने उक्त भवनको लागत एक सय ५० करोड रुपैयाँ अनुमान गरिएको छ।

प्राचीन स्मारक ऐनअनुसार १ सय वर्ष पुरानो बागदरबार भएकाले भत्काउन नमिल्ने भनी प्रचार गरिएको सम्बन्धमा उक्त कुरा तथ्यहीन भएको महानगरपालिकाको भनाई छ। महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले हाल बागदरबार भनिएको भवन बागदरबार नभई हरि भवन रहेको बताए। ‘१९९० सालको भूकम्पपछि पुरानो दरबार रहेको जगमा नभई नयाँ स्थानमा निर्माण भएको प्रमाण फेला पारेका छौं’, उनले भने, ‘यसमा प्रयोग गरिएका इटाहरुमा श्री ३ जुद्ध १९९१, श्री ३ जुद्ध १९९० लेखिएका छन्। बागदरबार र हरि भवन एउटै नभई फरक फरक भएको तथ्य झल्किने तस्वीरहरु फेला पारेका छौं।’

शाक्यका अनुसार, हरि भवनलाई रेट्रोफिटिङ गर्दासमेत महानगरको नयाँ संरचनाअनुकूल प्रशासनिक भवनका लागि उपयुक्त नदेखिएकाले नयाँ भवन बनाउन लागिएको हो।छलफलमा रहेको यो संरचनालाई महानगरपालिकाको कार्यपालिकाबाट स्वीकृत गर्न बाँकी छ। निर्माणाधीन भवन महानगरपालिकाको वडा नम्बर ११ स्थित कित्ता नम्बर १७५२ को १७ रोपनी ७ आना २ पैसा ३ दाममा बन्नेछ।

शाक्यका अनुसार, हालको हरि भवनमा कुनै पुरातात्विक वस्तु छैन तर भवन भत्काउने क्रममा कुनै त्यस्ता वस्तु फेला परेमा पुरातत्व विभागको प्रतिनिधिको रोहवरमा अभिलेख राखी त्यसको संरक्षण र व्यवस्थापनसमेत गरिनेछ। पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने महानगरपालिकालाई उक्त भवन भत्काउन लिखित पत्राचार नगरेको बताए। उनले अन्नपूर्णसँग भने, ‘आफन्र स्ट्रक्चरल इन्जिनियरले भत्काउन सिफारिस नगरेसम्म विभागले यस्तो सुझाव दिँदैन।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागीबाट धनमाल क्षति
आगलागीबाट धनमाल क्षति
संविधान दिवस सन्दर्भः आमाका नामबाट नागरिकता लिन सजिलो हुनुपर्ने माग
संविधान दिवस सन्दर्भः आमाका नामबाट नागरिकता लिन सजिलो हुनुपर्ने माग
सांसदलाई ६ अर्ब ६२ करोड बाँड्ने तयारी
सांसदलाई ६ अर्ब ६२ करोड बाँड्ने तयारी
भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था खारेजीको माग गर्दै गैससले बुझायो ज्ञापनपत्र
भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था खारेजीको माग गर्दै गैससले बुझायो ज्ञापनपत्र
‘कम्युनिष्ट नेताहरुले आफैंलाई सिध्याउने रहेछन’ : प्रचण्ड
‘कम्युनिष्ट नेताहरुले आफैंलाई सिध्याउने रहेछन’ : प्रचण्ड
वैकल्पिक सहायक राजमार्गको योजना बढ्यो, बजेट घट्यो
वैकल्पिक सहायक राजमार्गको योजना बढ्यो, बजेट घट्यो
नयाँ विद्युत् महसुल दर: घरायसी ग्राहकलाई मासिक रु ६० मात्रै, औद्योगिक ग्राहकलाई २० प्रतिशत बढी
नयाँ विद्युत् महसुल दर: घरायसी ग्राहकलाई मासिक रु ६० मात्रै, औद्योगिक ग्राहकलाई २० प्रतिशत बढी
संसद अवरुद्ध गर्नु, सङ्कट निम्त्याउनु हो –अध्यक्ष यादव
संसद अवरुद्ध गर्नु, सङ्कट निम्त्याउनु हो –अध्यक्ष यादव
भ्रष्टाचारका मुद्दामा मुछिएका दोषी र अपराधीलाई छोड्ने काम हुँदैन : गृहमन्त्री श्रेष्ठ
भ्रष्टाचारका मुद्दामा मुछिएका दोषी र अपराधीलाई छोड्ने काम हुँदैन : गृहमन्त्री श्रेष्ठ
कृषि उत्पादन वृद्धि प्रदेशको प्राथमिकता : मुख्यमन्त्री पाण्डे
कृषि उत्पादन वृद्धि प्रदेशको प्राथमिकता : मुख्यमन्त्री पाण्डे

तपाईंले छुटाउनुभयो कि?