बाँदर खानेकुरा खोज्न राजमार्गमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २९, २०७९
|
|
२२ पटक हेरिएको
Shares
बाँदर खानेकुरा खोज्न राजमार्गमा

सारांश

  • काठमाडौं ।
  • पूर्व–पश्चिम राजमार्गको पथलैयादेखि बर्दिवाससम्मको सडक छेउमा यतिबेला बाँदर छ्याप्छ्याप्ती देखिन्छन् ।
  • जङ्गलमा पाइने खानेकुरा खाएर बाँच्दै आएका बाँदर पछिल्लो समय बस्ती र राजमार्ग छेउमा खानेकुराको खोजीमा देखिन्छन् ।

काठमाडौं । पूर्व–पश्चिम राजमार्गको पथलैयादेखि बर्दिवाससम्मको सडक छेउमा यतिबेला बाँदर छ्याप्छ्याप्ती देखिन्छन् । जङ्गलमा पाइने खानेकुरा खाएर बाँच्दै आएका बाँदर पछिल्लो समय बस्ती र राजमार्ग छेउमा खानेकुराको खोजीमा देखिन्छन् ।

मौसमअनुसारका फलफूल र कन्दमूल खान नपाएपछि यात्रुले खान दिने आशमा बाँदर राजमार्गको छेउमा देखिएका हुन् । 
राजमार्गमा यात्रा गर्ने कतिपय मानिसले बिस्कुट, पाउरोटी चाउचाउ, फलफूल, मुरहीलगायत खानेकुरा दिने गरेकाले बाँदर कन्दमूल खोज्न छाडेर राजमार्गमा कुरेर बसेका देखिन्छन् ।

वनमा जामुन, कुसुम, हर्रो, बर्रो, भलायो, खन्यु, कुरिलो, निहुुरो, तरुल, फलफूलजस्ता कन्दमूल मासिँदै गएपछि राजमार्ग र बस्तीमा बाँदर आउन थालेको फुलजोर बाबा सामुदायिक वन समूहका अध्यक्ष पशुपति खड्काले बताए । उनका अनुसार जङ्गलमा सहजरूपमा खानेकुरा पाउन छाडिएको र राजमार्गमा मानिसले खानेकुरा दिन थालेपछि बाँदरले जङ्गलमा खानेकुरा खोज्न छोडेर राजमार्ग कुर्न थालेका हुन् ।
“बाँदरका लागि वनमा पर्याप्त खानेकुरा भए पनि बाँदर खोज्न जाँदैनन्”, डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत मन्जुर अहमदले बताए ।

उनका अनुसार मानिसले राजमार्गमा बाँदरलाई खानेकुरा दिँदा बाँदरका साथै केही सवारीसाधन पनि दुर्घटनामा पर्ने गरेका छन् । करिब ५० वर्ष पहिला निर्माण भएको पूर्व–पश्चिम राजमार्गमा अहिलेको सवारी साधनको चापका कारण साँघुरो भएको छ,त्यसमा पनि यात्रीले खानेकुरा दिँदा बाँदरले अचानक बाटो काट्ने, बाटोमा कुद्ने गर्दा दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले बताए।

उनका अनुसार आफ्ना सवारीसाधन रोकेर राजमार्गभन्दा अली टाढा गएर खानेकुरा दिँदा त ठिकै हो तर सवारीसाधन गुढिरहेको बेला झ्यालबाट दिइने खानेकुराका कारण बाँदरले बाटो काट्दा कुद्ने सवारी साधनका साथै बाँदर पनि दुर्घटनामा पर्ने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?