पारसको कप्तानीमा यस्तो बन्यो राष्ट्रिय क्रिकेट टोली

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ३, २०७५
|
|
४७ पटक हेरिएको
Shares
पारसको कप्तानीमा यस्तो बन्यो राष्ट्रिय क्रिकेट टोली

सारांश

  • काठमाडौँ ।
  • असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ ।
  • प्रतियोगिताका लागि १४ नियमित तथा चार वैकल्पिक खेलाडी गरी १८ सदस्यीय टोली घोषणा गरिएको नेपाली टोलीका टोली व्यवस्थापक रमन सिवाकोटीले बताए ।

काठमाडौँ । असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ ।

प्रतियोगिताका लागि १४ नियमित तथा चार वैकल्पिक खेलाडी गरी १८ सदस्यीय टोली घोषणा गरिएको नेपाली टोलीका टोली व्यवस्थापक रमन सिवाकोटीले बताए ।

कप्तान खड्का, आइसिसीका प्रतिनिधि अनिमूल इस्लाम र मुख्य प्रशिक्षक जगत टमाटा संलग्न छनोट समितिले १८ सदस्यीय टोली छनोट गरको हो । टोलीको उपकप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ ।

नेपाली टोलीमा अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, दीपेश श्रेष्ठ, करन केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहम्मद आरिफ शेख, प्रदीप ऐरी, सागर पुन, सन्दीप लामिछाने, सहाब आलम, शरद भेषवाकर, सोमपाल कामी र सुनिल धमला रहेका छन् ।

मलेशियामा हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । नेपालको समूहमा चीन, म्यानमार, थाइल्याण्ड, भूटान, सिङ्गापुर र मलेशिया रहेका छन् ।

नेपालले पहिलो खेल असोज १७ गते म्यानमारसँग खेल्नेछ । दोस्रो खेल २० गते मलेशियासँग, २१ गते थाइल्याण्डसँग, २४ गते चीनसँग र २६ गते सिङ्गापुरसँग खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अधिकार सिंहदरबारतिरै फर्किने डर…..
अधिकार सिंहदरबारतिरै फर्किने डर…..
शितल निवासमा चिनियाँ राष्ट्रपति र राष्ट्रपति भण्डारीबीच भेटवार्ता
शितल निवासमा चिनियाँ राष्ट्रपति र राष्ट्रपति भण्डारीबीच भेटवार्ता
कांग्रेस महामन्त्री गगन थापाको सिमरा आगमन: मधेसमा सांगठनिक उत्साह र सुशासनको नयाँ एजेन्डामा जोड
कांग्रेस महामन्त्री गगन थापाको सिमरा आगमन: मधेसमा सांगठनिक उत्साह र सुशासनको नयाँ एजेन्डामा जोड
“mostbet Online Мостбет Официальный Сайт Букмекерской Компании И Казин
वातावरण संरक्षणमा सूचना प्रविधि क्षेत्रको भूमिका बढाउनुपर्छ : मन्त्री शर्मा
वातावरण संरक्षणमा सूचना प्रविधि क्षेत्रको भूमिका बढाउनुपर्छ : मन्त्री शर्मा
कपिलवस्तुमा ट्याक्टरको ठक्करवाट ८ वर्षिय वालकको मृत्यु
कपिलवस्तुमा ट्याक्टरको ठक्करवाट ८ वर्षिय वालकको मृत्यु
एकता संयोजन समिति बैठकअघि ओली-प्रचण्डबीच ‘वान टु वान’ वार्ता
एकता संयोजन समिति बैठकअघि ओली-प्रचण्डबीच ‘वान टु वान’ वार्ता
दोस्रोपटक भोट हालेपछि मतदाताले भने : हाम्रो मत खेर नजाओस्
दोस्रोपटक भोट हालेपछि मतदाताले भने : हाम्रो मत खेर नजाओस्
माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्न निषेध
माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्न निषेध
कांग्रेस र राप्रपाका दर्जनौं नेता-कार्यकर्ता नेकपामा प्रवेश
कांग्रेस र राप्रपाका दर्जनौं नेता-कार्यकर्ता नेकपामा प्रवेश