बाउन्सरको दादागिरी, मरणासन्न हुने गरी कुटिन्छन् ग्राहक, प्रहरी मुकदर्शक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २१, २०७९
|
|
१९ पटक हेरिएको
Shares
बाउन्सरको दादागिरी, मरणासन्न हुने गरी कुटिन्छन् ग्राहक, प्रहरी मुकदर्शक

सारांश

  • ​​​​​​​काठमाडौँ – सुरक्षाका लागि भनेर क्लब, डिस्को, दोहोरी, डान्स रेस्टुरेन्टमा राखिने गरिन्छ, बाउन्सर ।
  • भन्न त बाउन्सरको काम तत्कालको सुरक्षा गर्ने भनिन्छ ।
  • तर, हिजो-आजका बाउन्सरले उल्टै राम धुलाई पार्छन् ।

​​​​​​​काठमाडौँ – सुरक्षाका लागि भनेर क्लब, डिस्को, दोहोरी, डान्स रेस्टुरेन्टमा राखिने गरिन्छ, बाउन्सर । भन्न त बाउन्सरको काम तत्कालको सुरक्षा गर्ने भनिन्छ । तर, हिजो-आजका बाउन्सरले उल्टै राम धुलाई पार्छन् ।

अङ्ग्रेजी नयाँ वर्षका दिन एकाबिहानै (२ बजे) ठमेलको प्लान बी क्लबमा त्यहाँका बाउन्सरको जत्थाले रमाइलो गर्न गएका युवकमाथि रोजिरोजी रामधुलाई गरेको भिडियो बाहिरिएकाे छ ।

‘न्यू इयर इभ’ मनाउन गएका युवामाथि ठमेलको मण्डला स्ट्रिटस्थित ‘प्लान बी’ क्लबका बाउन्सरले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । क्लब सञ्चालकको सक्रियतामा उक्त घटना गुपचुप पार्न खोजिएको छ । प्रहरीले पीडितलाई भन्दा पनि क्लबका बाउन्सरको व्यवहारलाई नै उचित ठानेर होला कारबाहीको दायरामा ल्याउन चाहिरहेको देखिन्न । उक्त क्लबमा बाउन्सरको दादागिरीले सीमा नाघी सकेको अवस्था छ । यस्ता घटना त्यहाँ हप्तैपिच्छे हुने गर्छ । र पनि उक्त क्लबले छुट पाइरहेको अवस्था छ ।

न्यू इयर ईभका दिन प्लान बी क्लबकै सञ्चालकको लगानीमा सञ्चालन गरिएको सँगैको भिभि रेस्टुरेन्टमा बसेर खानपिन गरिसकेपछि क्लब बी तिर जाँदै गरेका युवामाथि त्यहाँका बाउन्सरले एकाएक राम धुलाई गर्न थालेका हुन् । बाउन्सरको निर्मम हातपातबाट सदन थापा, तेन्जीड्ग निमा, अविर थापालगायतका युवा गम्भीर घाइते छन् । ग्याड्ग वारजस्तै लाग्ने गरी क्लबको सुरक्षार्थ तैनाथ बाउन्सरले आफूआफूबीच सामान्य भनाभन भइरहेको अवस्थामा रमाइलो गर्न पुगेका युवामाथि रोजिरोजी आक्रमण गरेका थिए । उक्त दृश्य रेकर्ड गरिएको भिडियोमा देख्न सकिन्छ । आफूहरू विवाद बढ्दै गएर हात हालाहाल होला जस्तो अवस्था निम्तिएपछि भाग्न खोज्दै गर्दा क्लबका बाउन्सर जत्थाले समातेर अपहरण शैलीमा लगेर एक्ला एक्लै कुटपिट गरेको पीडितले गुनासो गरेका छन् । बाउन्सरको आक्रमणमा परि घाइते पीडितले क्लब उपर कारबाहीको माग गर्दै प्रहरीमा गएका छन् । यद्यपि, प्रहरीबाट भने सुनवाइ भईनसकेको उनीहरूको गुनासो छ ।

रामसाड्ग शेर्पा, तेन्जीड्ग घोम्पो, अनमोल थापा लगायत सञ्चालक रहेको प्लान बी क्लबमा यस्ता घटना दिनहुँ घट्ने गरेको बताइन्छ । तर, प्रहरीले आवश्यक खबरदारी नगर्नुको कारण बुझि नसक्नु छ ।

यहीबिच, उक्त घटना र बाउन्सरको कर्तव्य बारे जिज्ञासा राख्न क्लब सञ्चालक रामसाड्ग शेर्पाको मोबाइलमा सम्पर्क गर्दा उनले आफू सञ्चालक नरहेको दाबी गर्दै पटक पटक आफ्नो फोन नम्बर कसले दिएको भन्दै प्रश्न गरिरहे अनि फोन लाइन नै काटिदिए ।
उता, प्रहरी वृत्त लैनचौरका एक प्रहरी अधिकारीले आफ्नो नाम प्रकाशन नगर्ने सर्तमा दिएको जानकारी रोचक लाग्दो छ । उनका अनुसार जुन जुन रात्रि क्लब, डान्स, दोहोरी रेस्टुरेन्टले मासिक बुझाउने गर्छ, त्यतातर्फ प्रहरीको ध्यानै जान्न । उल्टो त्यहाँ पुग्ने ग्राहकलाई नै दोषी बनाएर चौकी ल्याइन्छ । मिलेसम्म उसैबाट उल्टो क्षतिपूर्ति भराइन्छ । त्यो सबै काम सिभिल प्रहरी (घुमुवा)बाट हुन्छ । डिएसपीसँग उनीहरू नै नजिक हुन्छन्, अनुचित लाभको बाटो उनीहरूले नै खोली दिन्छन् । यस्तो अवस्थामा न्याय भन्ने विषय नै गौण हुन पुग्छ ।

के न्यू इयर इभको रात्रि समयमा प्लान बी क्लबमा घटेको घटना प्रहरीले अनुसन्धान गरेर दोषीमाथि कारबाही गर्ला ? कि, घुमुवा प्रहरीको इशारामा सञ्चालकलाई नै संरक्षण गर्ला ?

रमाइलो गर्न देशकै प्रमुख पर्यटकीय केन्द्र ठमेल पुगेका यी युवाहरू गम्भीर घाइते अवस्थामा देखिएको यो तस्बिरले ठमेल क्षेत्रको प्रहरी सक्रियता पनि पुष्टि गर्ला नै । सबैभन्दा लज्जा बोध त कतै यत्रो घटना पनि थाहै भएन भनेर उम्कने त होइन प्रहरी ?

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    bonus di registrazione binance

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

    Comment Author

    Index Home

    Thank you, your article surprised me, there is such an excellent point of view. Thank you for sharing, I learned a lot.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?