आयल निगमले तेलको मूल्य घटाउनुअघि किन भयो पेट्रोल पम्प बन्द

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ३, २०७६
|
|
२२ पटक हेरिएको
Shares
आयल निगमले तेलको मूल्य घटाउनुअघि किन भयो पेट्रोल पम्प बन्द

सारांश

  • काठमाडौं, ३ चैत्र ।
  • नेपाल आयल निगमले प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्छ ।
  • अंग्रेजी क्यालेन्डर अनुसार महिनाको १ र १६ तारिखमा मूल्य समायोजन गर्ने गरेको छ ।

काठमाडौं, ३ चैत्र । नेपाल आयल निगमले प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्छ । अंग्रेजी क्यालेन्डर अनुसार महिनाको १ र १६ तारिखमा मूल्य समायोजन गर्ने गरेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा या घट्दा समायोजन हुनेगर्छ । अहिले सँसारभर कच्चा तेलको मूल्य ह्वात्तै घटेको छ । यस अवस्थामा निगमले पेट्रोल र डिजेलको मूल्य घटाउनुपर्ने हुन्छ ।

अपरान्हसम्म निगमले तेलको मूल्य समायोजन गरेको छैन । तर, तेल पम्पहरुले केही दिनमै तेल ट्याक रित्ताएर बसेका छन् । उनीहरुले निगमको डिपोबाट तेल माग गरेका छैनन् । महङ्गोमा किनेर सस्तोमा बेच्न पाइए तेल माग गर्ने डिपोहरुले यसपटक मौनता साँधेका छन् । उनीहरु तेल सस्तिए पछि मात्र खरिद गर्ने गरी प्रतिक्षामा छन् ।

नेपाल आयल निगमले प्रशस्त मात्रामा तेलको संचिती रहेको जनाएको छ । तर, काठमाडौं उपत्यकामा अधिकांश पेट्रोल पम्पहरु बन्द छन् । डिपोहरुले हिजो विहानै तेल नपाइने हल्ला चलाएर भएभरको तेल विक्री गरिसकेका छन् । अब उनीहरु बन्द गरेर बसेका छन् । यसले बजारमा कृत्तिम अभाव सृजना भएको छ ।

निगमले अन्तर्रा्ष्ट्रिय बजारको मूल्य अनुसार समयमै समायोजन नगर्दा यस्तो समस्या देखिएको हो । अहिलेको मूल्य अनुसार निगमले पेट्रोल, डिजेल र हवाई इन्धनमा भारी नाफा लिइरहेको छ । निगम स्रोतका अनुसार १५ दिनभित्र निगमले झण्डै ५० करोड मुनाफा गरिसकेको छ । यसअघिको १५ दिनमा अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारले ५० डलरको हाराहारीमा हुँदा २० करोड मुनाफा गरेको थियो । अहिले कच्चा तेलको मूल्य ३० देखि ३४ डलरको बीचमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली-दाहाल सम्बन्ध : फरक स्कुलिङ, ‘चामत्कारिक’ मिलाप
ओली-दाहाल सम्बन्ध : फरक स्कुलिङ, ‘चामत्कारिक’ मिलाप
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोरोना सङ्क्रमण रोकथामसम्बन्धी आफ्नो नीतिको बचाउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोरोना सङ्क्रमण रोकथामसम्बन्धी आफ्नो नीतिको बचाउ
संघीयता भनेकै सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु¥याउने हाे: मुख्यमन्त्री शेरधन राई
संघीयता भनेकै सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु¥याउने हाे: मुख्यमन्त्री शेरधन राई
प्रधानमन्त्री बन्न ममता बनर्जी सक्षम
प्रधानमन्त्री बन्न ममता बनर्जी सक्षम
कांग्रेस यो गठबन्धन भत्काएर अन्त जाने पक्षमा छैनः मीन विश्वकर्मा
कांग्रेस यो गठबन्धन भत्काएर अन्त जाने पक्षमा छैनः मीन विश्वकर्मा
आरजुकै लागि देउवाले लिए यस्तो अडान ? ओलीले कसको लागि ?
आरजुकै लागि देउवाले लिए यस्तो अडान ? ओलीले कसको लागि ?
हराएका चेली खोज्नेछ अब मोवाइल एपले
हराएका चेली खोज्नेछ अब मोवाइल एपले
Пин Ап казино: играть онлайн на официальном сайте, вход и регистраци
नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो
नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो
इंग्लिस प्रिमियर लिगः एभर्टनमाथिको जीतपछि आर्सनलको शिर्षस्थान कायमै
इंग्लिस प्रिमियर लिगः एभर्टनमाथिको जीतपछि आर्सनलको शिर्षस्थान कायमै

तपाईंले छुटाउनुभयो कि?