बाढीपीडितलाई खानेपानी सुविधा
सारांश
- बर्दिया, ३० साउन ।
- बढैयाताल गाउँपालिका– ९ टेसनपुरका बाढीपीडितलाई खानेपानीको सुविधा उपलब्ध गराइएको छ ।
- व्याकवार्ड सोसाइटी एजुकेशन ९वेस बर्दियाले रु दुई लाखको लागतमा खानेपानी उपलब्ध गराएको हो ।
बर्दिया, ३० साउन । बढैयाताल गाउँपालिका– ९ टेसनपुरका बाढीपीडितलाई खानेपानीको सुविधा उपलब्ध गराइएको छ ।व्याकवार्ड सोसाइटी एजुकेशन ९वेस बर्दियाले रु दुई लाखको लागतमा खानेपानी उपलब्ध गराएको हो ।
वेसले खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि पानीको सुनिश्चितता कार्यक्रमअन्तर्गत टेसनपुरमा खानेपानी योजना सम्पन्न गरेको हो । वाटरएड नेपालको सहयोग तथा वेसको आयोजनामा बाढीपीडितका लागि खानेपानीको दुईवटा धारा निर्माण गरेको खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयका प्राविधिक धनजीत सिकर्मीले जानकारी दिएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया