कोरोना कहरः मकाउ, साउदी, दुबई लगायतका देशमा रहेका नेपाली सुरक्षा गार्ड के भन्छन् त ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २९, २०७६
|
|
२५ पटक हेरिएको
Shares
कोरोना कहरः मकाउ, साउदी, दुबई लगायतका देशमा रहेका नेपाली सुरक्षा गार्ड के भन्छन् त ?

सारांश

  • सचिन्द्र श्रेष्ठ कोरोना चीनको हुवान प्रांत बाट शुरु भएको यो महामारी रोग कोरोना भाईरस (कोभिड (१९)ले अहिले विश्वका अधिकाँश मुलुकहरुलाई आर्थिक, सामाजिक एबं मनोबैज्ञानिक असर पारेको छ ।
  • यसरी यस्तो भयावह स्थितिमा पनि नेपालीहरु कसरी आफ्नो काम र कर्तब्यलाई आत्मसाथ र बलिदानीपुर्बक आफ्नो सेवामा तत्पर लागी परेका छन।
  • जहाँ अधिकांश प्रहरी, चिकित्सकले मात्र काम गरिरहेको भन्ने समाचार आइरहदा सुरक्षा गार्डले पनि आफ्नो ज्यान बाजी लगाएर काम गरिरहेका छन् ।

सचिन्द्र श्रेष्ठ
कोरोना चीनको हुवान प्रांत बाट शुरु भएको यो महामारी रोग कोरोना भाईरस (कोभिड (१९)ले अहिले विश्वका अधिकाँश मुलुकहरुलाई आर्थिक, सामाजिक एबं मनोबैज्ञानिक असर पारेको छ । यसरी यस्तो भयावह स्थितिमा पनि नेपालीहरु कसरी आफ्नो काम र कर्तब्यलाई आत्मसाथ र बलिदानीपुर्बक आफ्नो सेवामा तत्पर लागी परेका छन। जहाँ अधिकांश प्रहरी, चिकित्सकले मात्र काम गरिरहेको भन्ने समाचार आइरहदा सुरक्षा गार्डले पनि आफ्नो ज्यान बाजी लगाएर काम गरिरहेका छन् । यस रोगको बिरुद्धमा सबै कामदारलाई छुट्टी दिए पनि सुरक्षा गार्डले बिदेशमा बिशेष भूमिका निर्वाह गरेको छ । तर पर्दा पछाडीको नायकको भूमिका कसरी र कस्तो भोगाई भोगेका छन त यही बिषयमा बिदेसमा रहेका नेपाली सुरक्षा गार्डको आफ्नो भोगाइ जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ।

भक्त खोर्जा (दुबई, सुरक्षा गार्ड)
“(कोभिड(१९) का कारण ११ जना नेपालीहरुको शब युएईमा अलपत्र पर्नुले कतै आफै पनि यस्तोमा त परिदैन भन्ने चिन्ता रातदिन लागी रहन्छ। जसरी प्रहरी, डाक्टर यहाँ खटिएका छन् त्यसरी हामी सुरक्षा गा‘र्ड पनि अरुको ख्याल गर्न लागी पर्नु परेको छ। अरु लाई यो रोग लाग्दा लाग्दै कतै आफैलाई पनि लाग्छ की भन्ने डर हुन्छ दिनहुँ यहाँ यो रोगीको संख्या बढी रहँदा आफैलाई पनि घर परिवारको चिन्ता लागेको छ। मेरो काम सधै यहाँ काम गर्ने कामदार सँग भई रहेको हुन्छ ।कमसेकम यस्तो बेला घर मा बस्न पाए केहि राहत हुने थियो की भनेर आफूलाई बिदेसिनुको बाध्यताले सधै रातभर निद्रा पर्दैन। तर पनि आफ्नो कर्तब्य लाई शिरोपर राखेर काम लाई महत्व ठानी आफ्नो भूमिका निर्बाह् गरिएको छ किन की हामी चिकित्सक, प्रहरी नभए पनि सुरक्षा गार्डले पनि सहयोग गर्न सक्छ भनेर लागी परिएको छ।“

 

भक्त खोर्जा (दुबई, सुरक्षा गार्ड)

 

महेश नेपाली (अबुधाबी, सुरक्षा गार्ड)
“लगातार १२ घन्टा काम अनि काम गर्ने ठाउमा अनेकौं थरीका मान्छे हरुको आवत जावत, ऊनीहरुको परिचय लिएर सबै जानकारी लेख्नु पर्ने, ऊनीहरु कति ठाउँमा गएर आएका हुन्छन्, कति जनाको सम्पर्कमा हुन्छन् त्यसैले तनाब छ । क्याम्पमा एउटा रुममा १० जना बस्नु पर्ने त्यसमा पनि थरी थरि ठाँउमा काम गर्नेहरु बसेको हुने गर्छ जसका कारण महामारी यो रोग लाग्ने सम्भावना बढी देखिन्छ । तर पनि आफ्नो काम लाई मध्य नजर गरी यस्तो बेला पनि काम लाई प्राथमिकता दिनु आवश्यक देखिएको छ । आफु मरेर अरुलाई बचाउनु पर्ने खालको काम गरेको छु गर्ब लाग्छ।“

महेश नेपाली (अबुधाबी, सुरक्षा गार्ड)

 

अर्जुन श्रेष्ठ ( मकाउ, सुरक्षा गार्ड)
“यहाँ भएका नेपालीहरुमा खासै भन्नु पर्दा यो रोगको डर र भय कम नै देखिन्छ । यद्यपी जागिर गुम्ने र नेपाल फर्कनु पर्ने चिन्ताले पिरोल्न थालेको अवस्था छ । यो चीनको विशेष प्रशासनिक क्षेत्र हो, त्यसैले यहाँ कुनै पनि समाचार लेख्न अथवा प्रशारण गर्न रोक छ । तर यहाँको सम्पुर्ण कारोबार पर्यटन व्यवसायसंग सम्बन्धित हुनाले अहिले सबै नाकाहरु बन्द भएका कारण सबै व्यवसाय र कारोबार ठप्प नै छ तर सुरक्षाकर्मीको जागिर धराप मा भएका कारण रोगको डर भन्दा जागीर जाने डर बढी छ। रोग फैलिन नदिन यहाँ दिनरात सतर्कतामा बिशेष ध्यान दिएको हुदा यो रोग फैलान पाएको छैन।“

अर्जुन श्रेष्ठ  ( मकाउ, सुरक्षा गार्ड)

 

राजेश क्षेत्री( साउदी अरब, सुरक्षा गार्ड)
“यस साउदी अरेबीयमा अहिलेसम्म कुनै नेपाली लाई कोरोना लागेको छैन । हालसम्म ४०४४ जनाभन्दा बढ़ी यो रोगबाट संक्रमित भइसकेका छन् । यो रोग यहाँका स्थानीय तथा पाकिस्तानी, भारतीय, बंगालीलाई बढी देखिएको छ। हामीलाई काम गर्न गारो भएको छ । जहाँतहि त्रास छ, घरमा दिनहुँ कुरा भएको छ यहाँको अवस्था बारेमा के कस्तो छ भनेर तर पनि आफ्नो ख्याल बढी राख्नु पर्दछ । २४ घण्टा लकडाउन गरेको छ । यहाँ रेस्टुरेन्टर अस्पताल बाहेक अन्य सेवा बन्द छ। जागीर बाध्यताले खानु पर्ने अवस्था छ । बिदा दिएको छैन । बिदा दिए घर जान मन छ । परिवार एकातिर आफु एकातिर हुनु परेको यस्तो घडीमा सधै घरको याद आउने गर्दछ। अहिलेसम्म न भूकम्पको डरको अनुभूति गरिएको थियो तर यहाँ आए पछि थाहा भयो भूकम्प भन्दा ठुलो डर यो रोगको लाग्या छ।’“

राजेश क्षेत्री( साउदी अरब, सुरक्षा गार्ड)

 

संजय धिताल (दुबई, सुरक्षा गार्ड)
’गरिब निमुखा जनताको भोटले चुनिएर नेता प्रधानमन्त्री भएर दलाल र भ्रष्टाचारीको पक्षमा काम गर्नी सरकार मुर्दावाद यस्तो आपत बिपत पर्दा जवाफदेहि र जिम्मेवार निकाय निकम्मा हुनु यसैको परिणाम हो । लाल कम्रेडदलाल को घरमा किन बस्छन ? किनकी लाखौ मुल्यको मूल्यवान पलङ अट्ने घर अरुको छैन, हामी अहिले यही नेपाल सरकार को गलत सोच,बिचार र अभिमान ले बिदेसी भूमि मा पीडा लुकाई काम गर्नु पर्ने अवस्था सिर्जना भएको छ।“

संजय धिताल (दुबई, सुरक्षा गार्ड)

 

राजन वाग्ले (अबुधाबी, सुरक्षा गार्ड)
हामी कति अभागी छौ संसार भरका सरकारी गैरसरकारी संस्था कोरोना बिरुद्ध लड़ी रहेको छ । तर बिडम्बना हामी पशुपतिनाथको भरोसामा परेका छौ । के हामी नेपाली साच्चै गतिलो बन्न नसकेको हो त ? अहिले हामीलाई हाम्रो परिवारको चिन्ता र परिवारलाई हाम्रो चिन्ता अहिले बढी छ। हाम्रो सरकार गैरजिम्मेवार छ, कामको सही कार्य गर्दैन तर यहाँ कार्यरत देशले कानुन सरकार, स्वास्थ्य राम्रो छ। त्यसैले यहाँको चिन्ता लिनु भन्दा आफ्नै देश परिवार को सुरक्षामा ध्यान दिन सके राम्रो हो ।

राजन वाग्ले (अबुधाबी, सुरक्षा गार्ड)

 

ओमकार अखेलि (मकाउ, सुरक्षा गार्ड)
अरु राष्ट्रको तुलनामा यहाँ काम गर्न सजिलो त छ तर रोग को डर भने कम छैन।बेलैमा यहाँ को संपूर्ण नाका बन्द भएको कारण रोग बढी फैलान पाएको छैन।हाल सम्म ४५ जना भन्दा बढीमा देखिएको छैन तर यहाँ ब्यबसायिक क्षेत्रमा रोक लाग्नाले र समयमै सबै जनतालाई १५ दिन क्वारेनटाइनमा राखेको हुदा यो रोग फैलान पाएको छैन।तर पनि प्राय पसलहरु बन्द नै छ।कतिलाई सुरक्षा को हिसाब ले काममा लगाएको छैन,कुनै कुनै अति आवस्यक कामको लागी मात्र कामदार खटाएको छ।तर हामी भने सुरक्षा गार्ड भएर दिनरात लागी परेका छौ ।“

ओमकार अखेलि (मकाउ, सुरक्षा गार्ड)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?