राज्जा–रानी मैथिली सिनेमाको पुरै मुनाफा सामाजिक अभियानमा दिइने घोषणा

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
राज्जा–रानी मैथिली सिनेमाको पुरै मुनाफा सामाजिक अभियानमा दिइने घोषणा

सारांश

  • काठमाडौं, पुस २४ ।
  • पुस २१ गते देशव्यापी प्रदर्शन शुरु गरेर सुखद व्यापार गरी रहेको र दर्शक तथा समिक्षकबाट निकै सकारात्मक प्रतिक्रिया पाइरहेको राज्जा–रानी नेपाली र मैथिली सिनेमाको मैथिली भर्सनको निर्माण पक्ष भोर कम्पनीले राज्जा–रानी मैथिली सिनेमाको पुरै मुनाफा सामाजिक अभियानमा खर्च गरिने घोषणा गरेका छन् ।
  • भोर कम्पनी प्रा.

काठमाडौं, पुस २४ । पुस २१ गते देशव्यापी प्रदर्शन शुरु गरेर सुखद व्यापार गरी रहेको र दर्शक तथा समिक्षकबाट निकै सकारात्मक प्रतिक्रिया पाइरहेको राज्जा–रानी नेपाली र मैथिली सिनेमाको मैथिली भर्सनको निर्माण पक्ष भोर कम्पनीले राज्जा–रानी मैथिली सिनेमाको पुरै मुनाफा सामाजिक अभियानमा खर्च गरिने घोषणा गरेका छन् ।

भोर कम्पनी प्रा.लि.का सिइओ राजकुमार महतोले उक्त निर्णयको जानकारी दिँदै भने, ‘हामीले यो सिनेमा मैथिली भाषामा ल्याउनुको पछाडी समाज र राष्ट्रको सेवा गर्नुथियो न कि फिल्मबाट भएको नाफा आफनो व्यक्तिगत कार्यमा प्रयोग गर्ने ।’ यो सोच यस फिल्मसित जुट्ने बेलामा नै जन्मेको थियो, आज हामी बाहिर ल्याउँदै छौं, महतोले उल्लेख गरे ।

राज्जा–रानी सिनेमाले दाइजो विरुद्धको हामीले विगत १२ वर्षदेखि नेतृत्वदायी सहजीकरण गरी रहेको बाल विवाह एवंम् दाइजो उन्मुलन राष्ट्रिय अभियान, नेपालको प्रयासलाई सशक्त आन्दोलनको रुपमा परिणत गर्ने आशालाई साचो पारि दिएको छ ।

राज्जा–रानी मैथिली सिनेमा खास गरी मोरङदेखि पर्सा जिल्लासम्ममा २० भन्दा बढी सिनेमा हलहरुमा प्रदर्शन सुखद व्यापारका साथ चलिरहेको छ । साथै, यस सिनेमालाई छिटै भारतका बिहार, झारखण्ड र युपीमा पनि लगिने कार्य भईरहेको छ । त्यसैगरी, यस सिनेमालाई कतार, मलेसिया, दुबई, अमेरिका, बेलायत, स्विटजरल्याण्ड, अस्ट्रेलिया, जर्मनी, नर्वेलगायतका देशहरुमा पनि प्रर्दशन गर्ने तयारी भईरहेको व्यहोरा यस मैथिली सिनेमाका निर्माता समेत रहेका भोर कम्पनी प्रालिका सिईओ महतोले जानकारी गराए ।

साथै, यस मैथिली सिनेमाको देशका विभिन्न स्थानहरुमा च्यारेटी शो पनि गर्ने कार्य अगाडी बढिसकेको छ ।

यसरी, विभिन्न माध्यमबाट राज्जा–रानी मैथिली सिनेमा चलाएर आर्जन हुने पुरै मुनाफा नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक समृद्धिमा योगदान गर्न अभियानमा खर्च गरिने निर्णय भोर कम्पनी प्रा.लि.ले गरिसकेको छ, सिईओ महतोले जानकारी दिए । राज्जा मैथिली भर्सनका पुरै मुनाफा तपसिल बमोजिमका अभियानहरुमा मितव्ययी तथा पारदर्शी तवरले प्रयोग गरिने छ ।

– बाल विवाह एवम् दाइजो उन्मुलन राष्ट्रिय अभियान, नेपाल
– मोरङदेखि पर्सासम्मका १० जिल्लाका अति विपन्न परिवारका बालिकाहरुको शिक्षामा सहयोग ।
– वीरगंजदेखि विराटनगरसम्मका कोरीडोरलाई मिथिला पर्यटन प्याकेज तयार, प्रर्वद्धन र सुदृढिकरणमा ।

यस कार्यको भौतिक तथा आर्थिक विस्तृत प्रगती भोरको कार्यालय, सामाजिक संजाल तथा वेबसाइटमा नियमित रुपमा सर्व साधारण, सरोकारवालाहरुको लागि उपलब्ध गराइने छ ।

यो फिल्म पुस २१ गते एकै मितिमा नेपाली र मैथिली भाषामा रिलिज भएको छ । ट्रेलरमा बाल विवाह र अभिभावक बीचमा दाइजोमा कुरा नमिल्दा उत्पन्न भएको समस्यलाई देखाइएको छ ।

फिल्ममा नायक नाजीर हुसेन राज्जा र नायिका केकी अधिकारी रानीको भूमिकामा प्रस्तुत भएका छन् । आर्यन फिल्म प्रोडक्सन र भोर कम्पनी प्रा. लि. को ब्यानरमा निर्मित तथा यम थापा निर्देशित यो फिल्मको सम्पूर्ण छायांकन बाँके जिल्लामा गरिएको हो ।

प्रेमकथामा आधारित राज्जा–रानी लाई रमेश एमके पौडेल र राजकुमार महतोले निर्माण गरेका हुन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?