बाढी पहिरोमा अहिलेसम्म ११६ को मृत्यु, ४२ जना बेपत्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३१, २०७४
|
|
२० पटक हेरिएको
Shares
बाढी पहिरोमा अहिलेसम्म ११६ को मृत्यु, ४२ जना बेपत्ता

सारांश

  • काठमाडौं ।
  • शुक्रवारदेखि परेको अविरल वर्षाका कारण तराईका विभिन्न जिल्लामा आएको बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ११६ पुगेको छ भने ४२ वेपत्ता छन् ।
  • गृहमन्त्रालयका अनुसार घाइते हुनेहरुमा ४१ जना रहेका छन् ।

काठमाडौं । शुक्रवारदेखि परेको अविरल वर्षाका कारण तराईका विभिन्न जिल्लामा आएको बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ११६ पुगेको छ भने ४२ वेपत्ता छन् ।

गृहमन्त्रालयका अनुसार घाइते हुनेहरुमा ४१ जना रहेका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहको छ ।

त्यस्तै घर क्षति ७७ हजार दुई सय ३५, पशु चौपाय एक हजार १०, संरचना क्षति २८, घर डुबान ४० हजार दुई सय १० र विस्थापित घर परिवार एक लाख दुई सय ७५ रहेको मनत्रालयको तथ्यांकमा उल्लेख रहेको छ ।

बाढी पहिरो पीडितको राहत तथा उद्दारमा सुरक्षाकर्मीसहित झण्डै २७ हजार जनशक्ति खटिएका छन् ।

सोमबारबाट राहत वितरण सुरु भएको छ । बाढी तथा डुवान प्रभावित तराई मधेसका १२ जिल्लामा त्रिपाल, कम्वल, म्याट्रेसका साथै चिउरा, बिस्कुट, चाउचाउ, भुजा, पानीका साथै जीवनजल, सिटामोल समेत वितरण गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?