उडिरहेको जहाजमा दुई पाइलटबीच मुक्का हानाहान : दुबैलाई भयो यस्तो कारवाही

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १७, २०७५
|
|
३१ पटक हेरिएको
Shares
उडिरहेको जहाजमा दुई पाइलटबीच मुक्का हानाहान : दुबैलाई भयो यस्तो कारवाही

सारांश

  • इराक एयरवेजले आफ्ना दुईजना पाइलटलाई निलम्बन गरेको छ ।
  • आकाशमा ३७ हजार फिटमाथि जहाज उडाइरहेको बेलामा एक आपसमा मुक्कामुक्की गरेको आरोपमा ती दुई पाइलट निलम्बनमा परेका हुन् ।
  • समाचार अनुसार १ सय ५७ यात्रु बोकेर इरानको मशादबाट इराकको बगदादका जाँदै गरेको विमानभित्र चालक दलका दुई पाइलट आपसमा झगडा गरी पिटापिटमै उत्रिएका हुन् ।

इराक एयरवेजले आफ्ना दुईजना पाइलटलाई निलम्बन गरेको छ । आकाशमा ३७ हजार फिटमाथि जहाज उडाइरहेको बेलामा एक आपसमा मुक्कामुक्की गरेको आरोपमा ती दुई पाइलट निलम्बनमा परेका हुन् ।

समाचार अनुसार १ सय ५७ यात्रु बोकेर इरानको मशादबाट इराकको बगदादका जाँदै गरेको विमानभित्र चालक दलका दुई पाइलट आपसमा झगडा गरी पिटापिटमै उत्रिएका हुन् । उक्त घटनाको अनुसन्धानका क्रममा विमानका सह–पाइलटले इराकी वायुमार्ग प्राधिकरणलाई पत्र लेख्दै उक्त विमानका पाइलटले एयर होस्टेजलाई आफ्नो लागि खाना ल्याउनबाट रोकेको दाबी गरेका छन् । आफूसँग अनुमति नलिइकन ककपिटमा खानेकुरा ल्याउन नपाइने भन्दै पाइलटले इयरहोस्टेजलाई रोकेको उनको भनाइ छ ।

पाइलटले टन्न खाएको तर आफ्नो लागि भने खानेकुरा नै ल्याउन नदिई उल्टै धकेलेर अपमानित गरेको जिकिर को–पाइलटले गरेका छन् । त्यसपछि को–पाइलट पनि प्रतिकारमा उत्रिए र दुईबीच हानाहान भएसँगै विमानभित्रका सुरक्षाकर्मीले नै हस्तक्षेप गर्नुपरेको बताइएको छ । आफूमाथि पाइलटले दुईपटक हातपात गरेपछि आत्मरक्षाका लागि प्रतिकार गरेको को–पाइलटको दाबी छ ।

आपसमा झगडा गरेपछि चालकहरुले विमानलाई सुरक्षित रुपमा वगदादमा अवतरण गराए । तर विमान अवतरण भइसकेपछि पनि उनीहरु आपसमा झगडा गर्दै थिए । इराकी एयरवेजले घटनाको पुष्टि गरेको छ । घटनाको अनुसन्धान भइरहेको र निलम्बित दुवै पाइलटमाथि छानविन चलिरहेको बताइएको छ । दोषी ठहर भएमा दुवै जनालाई आजीवन हवाई उडान प्रतिबन्ध समेत हुनसक्ने समाचारमा उल्लेख छ ।

एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?