बाबुरामको खुलासाः प्रचण्ड अध्यक्ष पक्का ! दिए बधार्इ !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ९, २०७४
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, माघ ९ ।
  • नयाँ शक्तिका संयोजक डा.
  • बाबुराम भट्टराईले एमाले–माओवादी एकतापछि माओवादी अध्यक्ष प्रचण्डले अध्यक्ष पद पाउने पक्का भएको भन्दै व्यंग्य गरेका छन् ।

काठमाडौं, माघ ९ । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले एमाले–माओवादी एकतापछि माओवादी अध्यक्ष प्रचण्डले अध्यक्ष पद पाउने पक्का भएको भन्दै व्यंग्य गरेका छन् । प्रचण्डको भनाईलाई उद्वृत गर्दै बाबुरामले सामाजिक सञ्जाल ट्विटमार्फत यस्तो गरेका हुन् ।

मंगलबार अन्नपूर्ण पोस्ट्मा प्रकाशित प्रचण्डले कार्यकर्तालाई दिएको प्रशिक्षणको अंश प्रति टिप्पणी गर्दै बाबुरामले प्रचण्डले अध्यक्ष पद पाउने पक्का भएको भन्दै बधाई समेत दिँदै व्यंग्य गरेका छन् ।

‘प्रचण्ड उवाच–‘हामीभन्दा पहिले एमाले ने उग्रपन्थमा थिए, हामी त पछिका उग्रपन्थ। उहाँहरु (एमाले) त हाम्रा गुरु’, बाबुरामले ट्वीटरमा भनेका छन्, ‘पहिला उग्रवादी सिकाएर जानुभयो हामीलाई। सुधारवादी पनि उहाँहरु हामीभन्दा पहिलेका सुधारवादी । हामी पछिपछि आइयो ।’ (अन्नपूर्ण पोस्ट्) लौ, अध्यक्ष पद पक्का ! बधाई !!’

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Mohan Kayasta

    UML under pchand Mao.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?