जापानले ल्यायो सबैभन्दा द्रुत गतिको रेल
सारांश
- टोकियो, २१ जेठ ।
- जापानको रेलमार्ग कम्पनी जेआर ईस्टले सन २०१९ सम्ममा शिंकानसेन बुलेट ट्रेनको अर्को नयाँ मोडलको परीक्षण गर्ने तयारी गरिरहेको छ ।
- जसको अधिकतम रफ्तार ३६० किमि प्रतिघन्टा हुनेछ ।
टोकियो, २१ जेठ । जापानको रेलमार्ग कम्पनी जेआर ईस्टले सन २०१९ सम्ममा शिंकानसेन बुलेट ट्रेनको अर्को नयाँ मोडलको परीक्षण गर्ने तयारी गरिरहेको छ । जसको अधिकतम रफ्तार ३६० किमि प्रतिघन्टा हुनेछ ।
रेलसेवाका एक अधिकारीले रेल परिक्षणमा एडवांस ल्याब्स फोर फ्रन्टलाईन एक्टिभिटी (एएलएफए–एक्स) जापानी बुलेट ट्रेनको नयाँ पिढीको लागि एक आधारको काम गर्ने बताए ।
स्रोतका अनुसार रेलको नयाँ मोडल जेआर ईस्टको ई५ श्रृंखला भन्दा पनि तिब्र हुनेछ ।
जापानको बुलेट ट्रेनको नयाँ पिढीको परिचालन त्यतिबेला सरु हुन्छ जब प्रस्तावित हाई स्पीड लाइनको होक्काइडो देखि सपारोसम्म बिस्तार गरिन्छ ।
यसैबीच जेआर ईस्ट कम्पनी एक हाईस्पीड म्याग्नेटिक लेविटेशन ट्रेनको पनि विकास गर्दै छ । जसको वाणिज्यिक परिचालन २०२० देखि सुरु हुनेछ ।
चुयो शिंकानसेन लाइनमा रेलको सफ्तार ५सय किमी प्रतिघन्टा भन्दा अधिक छ । र शुरुमा ट्रेन टोक्यो तथा नागोयाको बीचमा चल्नेछ । जसलाई पछि बढाएर ओसाकासम्म पु¥याइनेछ ।
प्रतिक्रिया