केश मुण्डन गरेर आमाको किरिया बसिन् प्रदेशसभा सदस्य उषाकला राई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २६, २०७५
|
|
४१ पटक हेरिएको
Shares
केश मुण्डन गरेर  आमाको  किरिया बसिन् प्रदेशसभा सदस्य उषाकला राई

सारांश

  • काठमाडौं।
  • प्रदेशसभा सांसद उषाकला राई कपाल मुण्डन गरेर आमाको किरिया बसेकी छिन् ।
  • मातापिताको किरिया छोराले नै गर्नुपर्ने मान्यतालाई तोड्दै सांसद उषाकला किरिया बसेकी हुन् ।

काठमाडौं। प्रदेशसभा सांसद उषाकला राई कपाल मुण्डन गरेर आमाको किरिया बसेकी छिन् । मातापिताको किरिया छोराले नै गर्नुपर्ने मान्यतालाई तोड्दै सांसद उषाकला किरिया बसेकी हुन् । उषाकलाका दाजुभाइ छैनन् । उनकी आमा लक्ष्मी राईको बुधबार ७५ वर्षको उमेरमा निधन भएको हो ।

निमोनियाको उपचारका क्रममा ग्राण्डी अस्पतालमा लक्ष्मीको निधन भएको हो । आमाको निधनपछि राईले आफैं किरिया बस्ने निर्णय गरेकी हुन् । उषा केस मुण्डन गरेर किरियापुत्री बसेकी छन् । अब ५ दिनसम्म काठमाडौंमा बस्ने र त्यसपछि जन्मघर खोटाङ जाने उषाका श्रीमान एवं पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए ।

आमाको किरियापुत्री बस्ने श्रीमतीको निर्णयको सम्मान गर्दै सांसद तामाङले फेसबुकमा लेखेका छन् ‘उषाजी तपाईं सांच्चै महान हुनुहुन्छ । छोरीलाई छोरा सरह समान अधिकारको लागि निरन्तर लडिरहने तपाईले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पुर्ण नेपाली नारीको अधिकारलाई लिपिवध्द गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो ।’

उनले अगाडि पथे, आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री (शब्दमा किरियापुत्री भनेपनी पुरुष अर्थात पुत्र बस्ने चलन) बसी समाजलाई देखाउनुभएको छ । यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम । महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको बिभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भएपनी व्यहारिक हिसाबले अन्त्य गर्न तपाईंहरु जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौ । मेरो सधैं तपाईप्रती सम्मान र समर्थन छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ नाका रसुवागढी जोड्ने  सडकमार्ग सञ्चालनमा !
चिनियाँ नाका रसुवागढी जोड्ने सडकमार्ग सञ्चालनमा !
मलामी विश्रामस्थल निर्मित
मलामी विश्रामस्थल निर्मित
नेपालगञ्जको ‘वाटरपार्क’ पर्यटनको बलियो आधार
नेपालगञ्जको ‘वाटरपार्क’ पर्यटनको बलियो आधार
विजयका उम्मेदवारलाई कडा मिहिनेत गर्नुपर्छ : केन्द्रीय सदस्य साउद
आफ्नो प्रेमीबाट गर्भवती बनेपछि न्युजील्याण्डकी प्रधानमन्त्रीले राखिन् यस्तो रेकर्ड
आफ्नो प्रेमीबाट गर्भवती बनेपछि न्युजील्याण्डकी प्रधानमन्त्रीले राखिन् यस्तो रेकर्ड
वातावरण विभागले प्रदूषण जाँच गर्ने उपकरण जडान गर्ने  तयारी
वातावरण विभागले प्रदूषण जाँच गर्ने उपकरण जडान गर्ने तयारी
देउवा सरकारले छ महिनामा २८ कराेड खर्च गर्दा अाेली सरकारले कति खर्च गर्याे?
देउवा सरकारले छ महिनामा २८ कराेड खर्च गर्दा अाेली सरकारले कति खर्च गर्याे?
बहुराष्ट्रिय सेना भन्छ ः अन्तर सञ्चार सम्पर्कलाई चुस्त तुल्याइनेछ
बहुराष्ट्रिय सेना भन्छ ः अन्तर सञ्चार सम्पर्कलाई चुस्त तुल्याइनेछ
अर्थमन्त्री डा महतले भनेः  खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ
अर्थमन्त्री डा महतले भनेः खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ
आज प्रतिवेदन पारित होला? पार्टी एकता संयोजन समितिको वैठक