प्रधानमन्त्री ओलीको अबको विदेश भ्रमण भारत वा चिन निश्चित छैन : सल्लाहाकार रिमाल
सारांश
- चैत ८, काठमाण्डौ ।
- प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण कहाँ हुन्छ भन्ने कुरा अहिले भन्न नसकिने बताएका छन् ।
- “सुरुमा हामी भारत जान पनि सक्छौँ ।
चैत ८, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण कहाँ हुन्छ भन्ने कुरा अहिले भन्न नसकिने बताएका छन् । “सुरुमा हामी भारत जान पनि सक्छौँ । चिन जान पनि सक्छौँ । कुन पहिला कुन पछि भन्ने कुरा हुँदैन ।” रिमालले भने ।
अब हुने भ्रमण विगतको जास्तो लामो नहुने भन्दै उनले एकदुई रात बस्ने गरी मात्रै भ्रमण हुने बताए । अनावश्यक रुपमा भ्रमण नगर्ने, भ्रमणलाई उपलब्धिमुलक बनाउने गरी मात्रै जाने उनको भनाई छ ।
“राजनीतिक बहसका लागि भ्रमण गर्नुपर्ने अवस्था छैन । दुई देशबिचको सम्बन्ध सुधार र आर्थिक विकासको एजेण्डा लिएर भ्रमण हुन्छ ।” रिमालले भने ।
चिनमा हुन लागेको गोवाओ सम्मेलनमा जाने विषयमा कुनै तयारी नभएको भन्दै उनले परराष्ट्रमन्त्रालयले पनि केही जानकारी नगराएको उनले बताए ।
प्रधानमन्त्रीले पनि अहिलेसम्म गोवाओ जाने विषयमा कुनै छलफल नगरेको तर सम्भावना चाँही भएको रिमालले बताए ।
फरक प्रसङ्गमा रिमालले मन्त्रालय व्यवस्थापनको काम सकिएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रिमालले सरकार निर्माणको काम लगभग सकिएको बताए ।
दुई मन्त्रालयबाहेक अरु सबै मन्त्रालयले पूर्णता पाएको उनले बताए । अब सरकारले कति समयमा के काम गर्ने भन्ने लक्ष्य किटान गरेर अघि बढ्ने रिमालको भनाई छ ।
संघीय समाजवादी फोरम सरकारमा आउने कुरा टुङ्गो लागिसकेको तर फोरमले निर्णय नगरेकाले केही दिन ढिला भएको रिमालले बताए ।
“उहाँहरु सरकारमा आउनुहुन्छ । हामी कुरिरहेका छौँ ।” रिमालले भने ।
प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबिचको छलफलले प्रदेश सरकार संचालनका लागि सहज हुने बताए ।
संविधान कार्यान्वयमा हुने अप्ठ्याराहरुका विषयमा छलफल भएको उनले जानकारी दिए । कतिपय मानिसमा देखाउनका लागि मात्रै संघियता आएको भन्ने भ्रम भएकाले त्यसलाई चिर्नका लागि पनि प्रधानमन्त्रीले छलफल कार्यक्रम राखेको उनले बताए ।
सरकार बनेपनि पहिलेकै जस्तो होला भन्ने भ्रम कतिपयलाई लागेको हुन सक्ने बताउँदै रिमालले यस विषयमा पनि मुख्यमन्त्रीहरु कुरा गरेको रिमालको भनाई छ ।
जनता र राष्ट्रिय एकतालाई मनमा राखेर काम गर्नुपर्छ भन्ने सन्देश प्रधानमन्त्रीले मूख्यमन्त्रीहरुलाई दिएको रिमालले बताए ।
ऐन कानुन नभएर राम्रोसँग काम गर्न नपाएको भन्ने मुख्यमन्त्रीहरुको गुनासोलाई सम्बोधन गर्नका लागि प्रधानमन्त्रीले स्वेश पत्र जारी गर्ने तयारी गरेको रिमालले जानकारी दिए ।
अघिल्लो सरकारले भद्रगोल बनाएको अर्थतन्त्रलाई सही बाटोमा ल्याउनका लागि श्वेतपत्र जारी गर्न लागिएको उनको भनाई छ । आत्तरिक स्रोतको परिचालन कसरी गर्ने भन्ने विषयमा पनि प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबिच छलफल भएको थियो ।
प्रदेशमा कर्मचारी खट्ने र खटाउनेमा मामिलामा कुनै समस्या नहुने जिकिर गर्दै रिमालले ८० प्रतिशत कर्मचारी खटाएको ठाउँमा पुगिसकेको दाबी गरे ।
प्रदेश सरकारमा भएका भौतिक सुविधा अभावको समस्या पनि केन्द्र सरकारले तत्काल समाधान गर्ने उनको दाबी छ ।
मितव्यायी तरिकाले सेवा सुविधाको प्रयोग गर्ने नीति सरकारले लिएको उनको भनाई छ ।
“प्रदेश सरकारलाई चाहिने आभारभूत आवश्यकता दिने काम केन्द्र सरकारको हो ।” रिमालले भने ।
अघिल्लो सरकारले केही काम नगरिदिँदा अहिलेको सरकारमाथि सबै काम थुप्रिएको रिमालको अरोप छ ।
कर्मचारीहरुलाई नियमअनुसार खटाइने भन्दै उनले बाहिर आएजस्तो समस्या नरहेको बताए । “कर्मचारीहरु खटाएको ठाउँमा गएनन् भन्ने सन्देश गएको छ । एकाध गएनन् होला । सबै कर्मचारी नजाने भन्ने हुँदैनन् ।” रिमालले भने ।
Himalsangita Biplav
Purano riti thitilai todnu parxa kina ki ximeki sabailai ekai najarle herna jaruri xa
Budda Hong
K ko braman, paheela kam tes paxi budesh gayer Moj garne.. msmpaka haru
Anjan Shrestha Anjan
देश र जन्ताको हितका लागी काम र बिकाश गर्नु छ भने भारत हैन चीन जानू उचित हुन्छ किन प्रधानमन्त्री हुनै बितिकै भारत जाने पर्मपरा छोड्नु पर्छ
Ghimire Lekh Nath
We need visit china fast
Prabin Giri
China first
Minbahadur Shapkota
चिनियाँ भ्रमण जानू पर्छ
Ram Sharma
रेकड ताडनुहाेस् के.पि. चाईना जानुहाेस । एक पटक धाेति काे शाताे वावस् कि कसाे?? हिजाे नाका लगायाे
Tirnahang Limbu
China
Dipak Bhatt
Chin