कपिलवस्तुमा हालसम्म एमाले, कांग्रेस, लोकतान्त्रीक फोरमले बडा अध्यक्षमा विजयी
सारांश
- १० बटा स्थानीय तह रहेको कपिलवस्तुमा हालसम्म एमाले, कांग्रेस, लोकतान्त्रीक फोरमले बडा अध्यक्षमा विजयी भएका छन् ।
- जिल्लाको बाणगंगा, बुद्धभुमी, शिवराज, कृष्णनगर, महाराजगन्ज, कपिलवस्तु नगरपालीकामा मतगणना जारी छ ।
- त्यसैगरी विजनगर, मायाँदेवी, शुद्धोदन, यशोधरा गाउँपालीकामा पनि मतगणना चलेको छ ।
१० बटा स्थानीय तह रहेको कपिलवस्तुमा हालसम्म एमाले, कांग्रेस, लोकतान्त्रीक फोरमले बडा अध्यक्षमा विजयी भएका छन् । जिल्लाको बाणगंगा, बुद्धभुमी, शिवराज, कृष्णनगर, महाराजगन्ज, कपिलवस्तु नगरपालीकामा मतगणना जारी छ । त्यसैगरी विजनगर, मायाँदेवी, शुद्धोदन, यशोधरा गाउँपालीकामा पनि मतगणना चलेको छ । यो समाचार तयार पार्दासम्म काँग्रेस ४ स्थान, एमाले २ स्थान, राप्रपा १ स्थानमा अगाडी देखिएको छ भने अन्य स्थानमा समेत मतगणना जारी छ । निर्वाचन कार्यालयले मतगणना निकै ढिलाइ गरेकाले समेत मत परिणाम छिटो सार्वजनिक हुन सकेको छैन । यद्यपि मतगणना छिटो सार्वजनिक गर्न निर्वाचन कार्यालय लागी परेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानहरी घिमिरेले बताउनुभयो । २० वटा दल दर्ता रहेको कपिलवस्तुमा काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, मधेशवादी दलविच चुनावी प्रतिस्पर्धा छ । कुल ५ सय २६ पदका लागी ३१ सय ३६ जना चुनावी मैदानमा थिएभने कुल मतदाता सँख्या २ लाख ८६ हजार ५ सय ४८ रहेको कपिलवस्तुमा ७५ प्रतिशत मतखसेको थियो ।
प्रतिक्रिया