प्रकाशमान सिंह : देउवालाई मैलेबाहेक अरुले पराजित गर्न सक्दैनन्, म सभापतिमा लड्छु

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ३२, २०७७
|
|
२९ पटक हेरिएको
Shares
प्रकाशमान सिंह : देउवालाई मैलेबाहेक अरुले पराजित गर्न सक्दैनन्, म सभापतिमा लड्छु

सारांश

  • काठमाडौं, ३२ साउन ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी १४औं महाधिवेशनमा आफू सभापतिमा लड्ने घोषणा गरेका छन् ।
  • महाधिवेशनमा नेतृत्वमा आउन अहिले कांग्रेस शीर्ष नेताहरूले आ–आफ्नो तयारी गरिराखेको बेलामा नेता सिंहले यस्तो घोषणा गरेका हुन् ।

काठमाडौं, ३२ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी १४औं महाधिवेशनमा आफू सभापतिमा लड्ने घोषणा गरेका छन् । महाधिवेशनमा नेतृत्वमा आउन अहिले कांग्रेस शीर्ष नेताहरूले आ–आफ्नो तयारी गरिराखेको बेलामा नेता सिंहले यस्तो घोषणा गरेका हुन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले वर्तमान सभापति शेरबहादुर देउवालाई असफल सभापतिको संज्ञा दिए । देउवाले पार्टीलाई एक ढिक्का बनाउन नसकेको र विधिसम्मत् ढंगले पार्टी सञ्चालन गर्न नसकेको पनि सिंहको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?